ग्रीक द्वीपमा तीस हजार आप्रवासी

Share:

जेनेभा, २२ भदौ । संयुक्त राष्ट्र संघले मङ्गलबार ग्रीक द्वीपमा मात्र ३० हजार शरणार्थी र आप्रवासीहरु रहेको जानकारी दिएको छ । लेस्बोस द्वीपमा मात्र २० हजार रहेका जनाइएको छ ।

संयुक्त राष्ट्र सङ्घीय प्रवक्ता मेलिसा फ्लेमिङ्गले ग्रीक द्वीपमा हाल ३० हजार शरणार्थी रहेका जानकाारी दिनु भएको छ । एक जमानाको आर्थिक रुपमा समृद्ध र विकासको सफल उदाहरण मानिएको युरोपमा यतिखेर संसारका कयौँ देशका नागरिक समृद्धि खोज्न ओइरिएका छन् ।

लाखौँ लाख नागरिकले शरणार्थीको रुपमा प्रवेश पाउन युरोपको ढोका ढोकामा पालो पर्खिरहेका छन् । आप्रवासीले युरोपतर्फ जाने आवेदन गर्ने सङ्ख्या प्रतिवर्ष बढ्दै गएको छ । गत वर्षको तुलनामा युरोपेली सङ्घमा शरणार्थी आवेदकको सङ्ख्या नाटकीय रुपमा बढेको बताइएको छ । रासस÷एएफपी

कमेन्ट गर्नुहोस्
Share: