
पोखरा २२ भदौ । काजीपोखरी यूथ क्लब पोखराको आयोजनामा पोखरामा जारी प्रथम काजिपपोखरी खुल्ला सेभेन ए साईड फूटबल प्रतियोगितामा पहिलो चरणका खेल सकिएका छन् । मंगलबारको पहिलो खेलमा एलजी एसोसियसनले गगन ट्याटुलाई पेनाल्टीमार्फत २—० ले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
निर्धारित खेल अवधिसम्म कुनैपनि गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा पुगेको थियो । दोश्रो खेलमा विष्णुपादुका क्लब हेमजाले भ्याली स्पोर्ट क्लबमाथि २—१ को नतिजा निकाल्यो । त्यस्तै तेश्रो खेलमा बी १३ क्लबले यूवा संघ नेपाललाई ४— १ को फराकिलो अन्तरले पराजित गरेको छ । चौथो खेलमा दुरा एफ सी ले गलेश्वर एफ सी लाई २—१ गोल अन्तरले हरायो भने पाचौँ खेलमा लेकसाईड पिस यूथ क्लबले सितलज्योति यूथ क्लबलाई पेनाल्टीमा ३—१ ले पराजित गर्यो । निर्धारित समयमा दुबै समूहबाट गोल हुन नसकेपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।
छैटौँ खेलमा नयाँगाउँ यूथक्लबले स्नूकर एफ सी लाई ८—० को फराकिलो अन्तरले पराजित गरेको छ भने सातौँ खेलमा पुन टोल ले भदौरे एफसी लाई २—१ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको छ । त्यसैगरी आठौँ खेलमा एसी ए आई जी क्लबले र योङ्गस्टार क्लबलाई पेनाल्टीमार्फत ३—२ को जीत हात पार्यो । निर्धारित समयसमा कुनैपनि गोल हुन नसकेपछि टाई ब्रेकरमा पुगेको हो ।
प्रतियोगितामा बुधबारबाट दोश्रो चरणका खेलहरु सुरु हुने प्रतियोगिताका संयोजक अनुपसिंह भण्डारीले जानकारी दिए । सेवा नै धर्म हो भन्ने मूल नाराका साथ भूकम्प पीडितहरुको सहयोगार्थ एवं काजीपोखरीमा फूटलब मैदान निर्माण गर्ने उद्धेस्यले प्रतियोगिता आयोजना गरिएको हो ।
