
पोखरा २४ भदौ । सहारा खेलकुद पत्रकारिता पुरस्कार २०७२ बाट पत्रकार कृष्णमणी बराललाई प्रदान गरिने भएको छ । पोखराको सहारा क्लबले प्रदान गर्ने पुरस्कारबाट अन्नपुर्ण पोष्ट राष्ट्रिय दैनिकका पोखरा समाचारदाता एवं फोटो पत्रकार कृष्णमणी बराललाई प्रदान गर्ने निर्णय भएको क्लबले जनाएको छ । उक्त पुरस्कारको राशी ११ हजार एक सय ११, सम्मानपत्र र दोसल्ला रहेको छ । क्लबले हरेक वर्ष पोखरामा रहेर खेलकुद पत्रकारीतामा कलम चलाउने पत्रकारलाई उक्त पुरस्कार प्रदान गदै आएको छ ।
क्लबले आफनो १७ औं वार्षिकोत्सव एवं नवौं महाधिवेशनको अवसरमा शनिबार सम्मान गर्ने विहिबार जारी विज्ञप्तिमा जनाइएको छ । त्यस्तै क्लबले सहारा उत्कृष्ट सदस्य पुरस्कार २०७२ बाट क्लबका सदस्य रेश्मा कार्कीलाई सम्मान गर्ने भएको छ ।
भने कार्यक्रममा नयाँ जुनियर एवं सिनियर सदस्य परिचय पत्र, आजिवन सदस्य प्रमाण पत्र एवं सहारा क्लब पोखराको प्रगति र उन्नतिमा महत्वपुर्ण योगदन पु¥याउनु भएका सल्लाहकार प्रकाश शेरचनलाई मानार्थ सदस्यताको प्रमाण वितरण समेत गर्ने भएको छ । कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री पुषोत्तम पौडेलले पुरस्कृत गर्ने छन् ।
त्यस्तै क्लबले वार्षिकोत्सव एवं नवौ महाधिवेशनको अवसरमा शुक्रबार विहान रक्तदान कार्यक्रम गर्ने भएको छ । “आत्मा साक्षि राखि मन, वचन र कर्मले सामाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. सं. २०५५ सालमा स्थापित सहारा क्लबले विहिबार पोखरा उप महानगरपालिका वडा नं. ९ पुरानो बसपार्कमा पोखरा उप महानगरपालिका फोहर मैला व्यवस्थापन विभागको प्राविधिक सहयोगमा बृहत सर सफाई कार्यक्रम गरेको छ ।
पोखरा उप महानगर पालिका वडा नंंंं. ९ वडा सचिव एवं समाजिक अभियान्ता लोकदर्शन कोईरालाले सर सफाई गरि उद्घाटन गरे । कार्यक्रममा फोहर मैला व्यवस्थापन विभाग प्रमुख चुडामणी तिवारी, लोकदर्शन कोईराला लगाएतले बसपार्कको फोहर मैला व्यवास्थापन एवं पर्यटकिय शहर पोखराको बसपार्क निमार्णबारेमा आ आफ्ना भई राखेका थिए ।कार्यक्रमका क्लबका वरिष्ट उपाध्यक्ष केशबराज बरालको अध्यक्षतामा भएके थियो । महासचिव केशबबहादुर थापाले सञ्चालन गरेका थिया ।
