
पोखरा, भदौ २४ गते । गजल सन्ध्या, पोखराले १५० औँ मोती जयन्तीको अवसरमा शनिबार गर्ने विशेष गजल वाचन तथा गायन कार्यव्रmमको तयारी पुरा भएको छ ।
नेपाली गजलका प्रणेता मोतीराम भट्टको १५० औँ जन्म जयन्तीका सन्दर्भमा भदौ महिनाभरि नै गजल सम्बन्धी विभिन्न कार्यव्रmम गर्दै आएको सन्ध्याले भदौ २६ गते शनिबार दिउँसो ४ बजे पोखरा उद्योग वाणिज्य सङ्घको अमृत कक्षमा गर्ने कार्यव्रmमको तयारी पुरा भएको कार्यव्रmम संयोजक अमृत सुवेदी ‘गुराँस’ले जानकारी दिनुभयो । कार्यव्रmममा पोखरा र पोखराबाहिरका १० जना गजलकारहरुको विशेष गजल वाचनसहित गजल गायन पनि प्रस्तुत गरिने संयोजक गुराँसले जनाउनुभयो ।
कार्यव्रmमका लागि स्रष्टा छनोट समितिले गरेको सिफारिसअनुसार सन्ध्याले स्याङ्जाका गजलकार जीवनपानी, बाग्लुङका राम थापा अविरल, अछामका तपेन्द्र घोरासैनी, गोरखाकी सुमी प्रकृति, चितवनका मुक्त उदास, ललितपुरका समीर हुमागार्इँ, कास्कीका विशाल थापा, कृष्ण देवकोटा, कृष्ण अधिकारी ‘त्रुपक’ र पवित्रा भण्डारी ‘पारु’ले गजल वाचन गर्नुहुने अध्यक्ष बिर्सना बस्नेतले जानकारी दिनुभयो । सो अवसरमा गायक विनोद बानियाँ, नरजङ गुरुङ र केशव आचार्यले विभिन्न गजलकारका गजल गाउनुहुने पनि अध्यक्ष बस्नेतले बताउनुभयो ।
यसै बिच, मोती जयन्तीको मुख्य दिन भदौ २९ गते सन्ध्याले नेपाली गजलमा मातीरामको योगदानको चर्चासहित गजल वाचन गरी मनाउने निर्णय गरेको सन्ध्याका सहसचिव मोहन भण्डारीले जानकारी दिनुभएको छ ।
