
पोखरा २५ भाद्र ।
पोखराको फेवातालको खपौदीमा डुबेर भारत बिहारका मनिष कुमारको ज्यान गएको छ ।
भारत बिहारका मनिष कुमारको फेवातालमा डुबेर ज्यान गएको प्रहरीले जनाएको हो । कुमारको शव पोस्टमार्टमका लागि पश्चिमाञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
कुमार खपौदीमा रहेको पञ्चबज्र ध्यान केन्द्रमा काम गर्दै आएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।
कमेन्ट गर्नुहोस्
