जनकपुर फेरी पनि तनावग्रस्त, प्रहरीको गोली लागेर किशोरीको मृत्यु, ११ घाइते

Share:

जनकपुर २५ भाद्र ।
जनकपुरमा कफ्र्यु जारी गरिएपनि शुक्रबार प्रदर्शनकारी र प्रहरीबीच फेरी फडप भएको छ ।

झडपका क्रममा स्थितिलाई नियन्त्रणमा लिनका लागि प्रहरीले गोली चलाउँदा जनकपुरको मिल्स एरियामा एक किशोरीको मृत्यु भएको छ । त्यस्तै अन्य ११ जना घाइते भएका छन् ।

मधेसी मोर्चाका कार्यकर्ताहरुले कर्फ्यू तोडेर जनकपुर नगर क्षेत्रमा प्रवेश गर्न खोजेपछि प्रहरीले गोली चलाएको थियो ।

प्रहरीको गोली लागेर भेगासीपुरकी नितु यादवको मृत्यु भएको हो । मिल्स एरिया, श्यामचोक, कदम चोक, आँखा अस्पताल लगायतका क्षेत्रहरुमा प्रदर्शन भैरहेको छ । अहिले जनकपुर क्षेत्रको स्थिति तनावग्रस्त छ ।

कमेन्ट गर्नुहोस्
Share: