संविधानसभाको प्रक्रिया आइतबारसम्म स्थगित, आन्दोलनकारीलाई वार्तामा आउन आह्वान

Share:

पोखरा २५ भाद्र ।
प्रमुख तीन दल मेधष तथा अन्य आन्दोलनकारीको माग अनुसार संविधानसभाको प्रक्रिया दुई दिन अर्थात आउँदो आइतबारसम्म स्थगित गरेका छन् । साथै वार्तामा आउन आन्दोलनरत मधेसी मोर्चा र थारु लगायतलाई पुनः आहृवान समेत गरेका छन् ।

शुक्रबार बालुवाटारमा बसेको प्रमुख तीन दलको बैठकले संविधानसभाको प्रक्रिया आइतबारसम्म स्थगित गर्ने निर्णय गरेको हो । वार्ताका लागि संविधानसभाको प्रक्रिया रोक्नु पर्ने तराई मधेसमा आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पूर्व सर्त राखेको थियो ।

यसअघि शुक्रबार नै संविधानसभामा मस्यौदा समितिका सभापतिले जवाफ दिएपछि मतदान प्रक्रिया सुरु गर्ने कार्यसूची थियो । तर, तीन दलबीच भएको सहमति संविधानसभाको प्रक्रिया दुई दिनका लागि स्थगित भएको छ ।

कमेन्ट गर्नुहोस्
Share: