
रेम बिक
पोखरा, २९ भदौ | छैठौँ विग आईकनको ‘टाईटल स्पोन्सर’मा सामसुङ मोबाईल फाईनल भएको छ । गायन रियालिटि शो को लागि सामसुङ मोबाईलको नेपालस्थित अधिकृत विक्रेता ईन्टीग्रेटेड मोबिलिटि सोलुसन प्रालि (आईएमएस)ले विग एफएमसँग सहकार्य गरेको हो ।
विग एफएमका अध्यक्ष महेश भण्डारी र आईएमएसका बजार प्रमुख आयुश श्रेष्ठले मंगलबार सहमतीपत्रमा हस्ताक्षर गरे । सहमती भएसँगै छैठौँ सँस्करणको विग आईकनको नाम ‘सामसुङ मोबाईल विग आईकन’ रहनेछ । यो सँगै सामसुङले विग आईकनसँग व्यवसायिक साझेदारी गरेको चौथो पटक हो । दोस्रो सँस्करणको विग आईकनदेखि नै मोबाईल कम्पनी सामसुङले निरन्तर विग एफएमसँग सहकार्य गर्दै आएको छ ।
सहमतीपछि विग एफएमका अध्यक्ष महेश भण्डारीले मोबाईल कम्पनी सामसुङसँग विग आईकनको व्यवसायिक साझेदारीलाई ४ वर्षसम्म निरन्तरता दिन पाउँदा निकै खुशि लागेको प्रतिक्रिया दिए । ‘यो निकै खुशिको कुरा हो । र, यसरी निरन्तर ४ वर्षसम्म एउटै कम्पनीसँग साझेदारी गर्दा यसले सबैतिर सकारात्मक सन्देश प्रवाह गर्छ ।’ उनले भने–‘हामीले गर्ने ईभेन्टको प्रभावकारिता यहि कुराबाटै प्रस्ट हुन्छ ।’
सामसुङ मोबाईलको नेपालस्थित अधिकृत विक्रेता कम्पनी आईएमएसका बजार प्रमुख आयुष श्रेष्ठले विग एफएमको प्रभावकारिताको प्रशँसा गरे । ‘गायन रियालिटि शो विग आईकनको बजार प्रभावकै कारण हामी टाईटल स्पोन्सरको लागि आकर्षित भएका हौँ ।’ उनले भने–‘व्यवसायिक रुपमा यो सहकार्यले निकै ठुलो अर्थ राख्छ ।’ उनले विग आईकनसँग निरन्तर सहकार्य गरिरहने प्रतिबद्धता समेत जनाए ।
यो भन्दा अगाडि छैठौँ विग आईकनका लागि विग एफएमले कान्साई नेरोल्याक पेन्ट्स नेपालसँग ‘सबटाईटल’, द ब्रिटिश कलेजसँग ‘प्रोमोटेड बाई’, यूरो एशिया एजुकेशन कन्सल्टेन्सीसँग ‘को–स्पोन्सर’ र एभिन्यूज टेलिभिजनसँग ‘टेलिभिजन पार्टनर’ टाईटलमा सहकार्य गरिसकेको छ ।
मंसिरको पहिलो सातादेखि शुरु हुने छैठौँ विग आईकनको लागि यतिबेला एफएमले फाराम वितरण गरिरहेको छ ।
