फेसबुक र ट्वीटरमार्फत शीर्ष नेताहरुको खुशीयाली

Share:

काठमाडौ‌, भदौ ३१ –

बुधबार राती संविधानसभा बैठकबाट संविधान पारित भए लगत्तै मुख्य दलका शीर्ष नेताहरुले नेपालीको ऐतिहासिक जित भन्दै खुशी व्यक्त गरेका छन् । संविधानसभा भवनमै प्रसन्न मुद्रामा आपसमा अंकमाल गर्दै, हात मिलाउँदै, हात हल्लाउँदै बधाई र शुभकामना साटासाट गरेका उनीहरुले आआफ्ना फेसबुक पेज र ट्वीटरमार्फत पनि सबैलाई शुभकामना दिएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी नेता डा. बाबुराम भट्टराईले संविधानसभामा खुशी व्यक्त गरेको फोटो नै राखेका छन् भने प्रधानमन्त्री लगायत अरु नेताहरुले सबैलाई बधाई र शुभकामना दिएका छन् ।

PM Sushil Koirala ‏@PM_Nepal 10h10 hours ago
नेपालको संविधान, २०७२ पारित भएको छ। संविधान सभाबाट जनताको संविधान जारी हुनु सम्पुर्ण नेपालीका लागि गर्वको विषय हो। सबैमा बधाई र शुभकामना।।

KP Sharma Oli

नेपाली जनताको संबिधान प्रधान गर्ने निम्ति संबिधानका धाराहरु पारित गर्दै जनताको संबिधान जारी गर्दै यो ऐतिहासक क्षेणमा म लगाएत सबै सभासदहरु प्रशन्न मुद्रामा ।

Baburam Bhattarai ‏@brb_laaldhwoj 12h12 hours ago
अन्तत: सार्वभौम संविधानसभाले संविधानका सबै धारा ( ३०२ + ६ + प्रस्तावना)  पारित गरेकोछ ! अब खालि औपचारिकता वाँकी ! सबैको जय होस् !!

Gagan Thapa ‏@thapagk 9h9 hours ago Nepal

संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान पारित भएको छ, यसलाई जीवन्त वनाउने हाम्रो कर्मले हो, उपलव्धि ग्रहण गरौ, त्रुटी सच्याउने प्रण गरौं

Rabindra Adhikari

“नेपालको संबिधान” दुईतिहाइ भन्दा बढी मत सहित पारित भएको छ । जम्मा ५३२ उपस्थित सभासद्को संख्या मध्य ५०७ मत संविधानको पक्षमा र २५ मत विपक्षमा परेको छ । नयाँ संबिधान सहित एकपटक सबैलाई हार्दिक बधाई तथा शुभकामना ।

कमेन्ट गर्नुहोस्
Share: