साफ यु–१९ च्याम्पियनशीपको उपाधि विजेता नेपाली फुटबल टोली पुरस्कृत

Share:

काठमाडौं, भदौ ३१ । साफ यु–१९ च्याम्पियनसिप फुटबलको उपाधि जित्न सफल नेपाली युवा खेलाडीहरुलाई सरकारले पुरस्कृत गरेको छ ।

ललितपुरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय खेलकुद परिसरमा बिहीबार बिहान आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले खेलाडीहरुलाई जनही एक लाख नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

काठमाडौं मै सम्पन्न प्रतियोगिताको फाइनलमा भारतलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै नेपालले उपाधि जितेको थियो । नेपालको यही ऐतिहासिक सफलताको प्रोत्साहनस्वरुप सरकारले खेलाडीहरुलाई जनही एक लाख नगद पुरस्कारसहित सम्मान गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: