
पोखरा, १ असोज । नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर विग एफएमले आयोजना गरेको ‘विग तीज विग धमाका’ नामको रेडियो गेम शो मा ९ जानाले जनही दुइहजार र एक जानाले बम्पर उपहार जितेका छन् । भदौ ३० गतेदेखि शुरु भएको रेडियो गेम शो असोज १ गतेसम्म सञ्चालन भएको हो ।
गेम शो को अन्तीम दिन आज एक जनाले बम्पर पुरस्कार सुन सहित तिन जनाले नगद दुइ हजार प्राप्त गरेका छन् । यसरी बम्पर उपहार सुनको गहना जित्नेमा कमला राई रहेकी छिन् भने नगद रु दुइ हजार जित्नेमा अम्बिका कुमारी पौडेल, पुजा र सुस्मा रहेका छन् ।
बम्पर पुरस्कार जिते पश्चात् कमला राइले बिग एफएमसँग खुसी साटिन् । ‘मैले बिग एफएम धेरै समय सुन्छु, हरेक कार्यक्रम मन पर्छ’ उनले भनिन्’ आज कार्यक्रममा सहभागी भएर बम्पर पुरस्का बिजेता हुन पाउँदा निकै खुसी लागेको छ।’
हरेक पर्वहरुमा विभिन्न ईभेन्टमार्फत स्रोताहरुसंग नजिकिने विग एफएमले अघिल्ला वर्षहरुजस्तै यसपालीको तीजमा पनि ‘बिग तीज विग धमाका’लाई निरन्तरता दिएको जानकारी दिएको छ । एफएमले दिएको जानकारी अनुसार फेयर एण्ड लभ्ली विग तीज विग धमाका रेडियो गेम शोमा स्रोताहरुले एसएमएसमार्फत सहभागिता जनाएका थिए ।
फेयर एण्ड लब्लीले स्पोन्सर रहेको रेडियो गेम शो अन्तरगत एफएममार्फत दिनहुँ एउटा तीजसंग सम्बन्धित प्रश्न सोधिएको थियो ।
