जोर्डनपछि किर्गिस्तान लाई पनि हरायो नेपालले

Share:

आश्विन १ / नेपालले यु-१६ छनोट चरण पार गर्ने राम्रो अवसर पाएको छ । पहिलो खेलमै समूह बी को दाबेदार जोर्डनमाथी २-१ को विजय हात पारेको नेपाल दोस्रो खेलमा चामत्कारिक खेल प्रदर्शन गर्दै विजयी भएको छ ।

नेपाली समय अनुसार पौने ८ बजे सुरु भएको खेलमा नेपालले किर्गिस्तानलाई ४–२ गोलको अन्तरले शानदार रुपमा हराएको हो । पहिलो हाफमा दुई गोलले पछि परेको नेपाल दोस्रो हाफमा चार गोल गर्दै उत्कृष्ट पुनरागमन गर्न सफल भयो । नेपालका लागि दिनेश योञ्जन ले दुई गोल गरे भने मनिष कार्की र रेजिन सुब्बाले एक एक गोल गरे । मनिषले ५८ औं मिनेटमा गोल गर्दै गोल अन्तर २–१ मा छोट्याएका थिए । रेजिनले ६६ औं मिनेटमा गोल थप्दा दिनेशले ७३ औं मिनेट र अन्तिम ईन्जुरी समयमा चौथो गोल गरे । यसअघि, ३० औं मिनेटमा किर्गिस्ताले अग्रता लिएको थियो । दुई मिनेटपछि नै पेनाल्ट पाएर दोस्रो गोल गरेको थियो । नेपाल समूह बीका दुई खेल सकिँदा शतप्रतिशत जीत निकाल्दै ६ अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ ।

शुक्रबार नै भएको पहिलो खेलमा जोर्डनले ओमानलाई २(० ले पराजित गरिसकेको छ । ओमानले पहिलो खेलमा आयोजक किर्गिस्तानलाई २(० ले पराजित गरेको छ । नतिजापछि नेपालको एएफसी यु(१६ च्याम्पियनसिपमा छनोट हुने सम्भावना बलियो भएको प्रशिक्षक उपेन्द्रमान सिंह पनि स्विकार्छन । एएफसी यु १६ को समूह चरणमा कुल ११ समूह रहेको छ र त्यसबाट सवै विजेता अर्को वर्ष भारतमा हुने च्याम्पियनसिपमा छनोट हुनेछन् । त्यस्तै शीर्ष चार विजेता पनि च्याम्पियनसिपमा पुग्ने छन् । भारत आयोजकको हिसाबमै सोझै छनोट भइसकेको छ । तर टोलीले छनोट चरण खेल्ने छ ।

नेपालले आइतबार ओमानसँग आफ्नो अन्तिम खेल खेल्ने छ ।

कमेन्ट गर्नुहोस्
Share: