
माधब पनेरु
पोखरा,असोज २
नयाँ संबिधान जारी हुने भएपछि कास्कीमा रहेका बिभिन्न ६ दलहरुले संयुक्त दिपावली र उत्सव कार्यक्रमको आयोजना गर्ने भएका छन ।
नेपाली काग्रेस, नेकपा एमाले, एकिकृत नेकपा माओबादी,नेकपा माले, रा.प्र.पा, राष्ट्रिय जनमोर्चाले संयुक्त कार्यक्रमको आयोजना गरेका छन । संबिधान जारी हुने दिन असोज ३ गते बेलुका पोखराको भिमसेन चोकमा दिपावली कार्यक्रमको आयोजना गरिएको छ । असोज ४ गते पोखरा सभागृहचोकबाट ¥याली सहित चिप्लेढुङ्गामा उत्सव गर्ने एकिकृत नेकपा माओबादी कास्कीको पार्टी कायालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
राजनितिक दलहरुले सबै स्थानमा नयाँ संबिधानलाई स्वागत गर्न दिपावली कार्यक्रम गर्न र्निदेशन दिईसकेका छन ।
पत्रकार सम्मेलनमा पनि राजनितिक दलहरुका कार्यकर्ताहरु उपस्थिती न्युन थियो । यसअघि हुने पत्रकार सम्मेलनमा जस्तो उत्साह थिएन ।
संबिधानको पक्षमा दिपावली आयोजना गरिएको स्थानमा नै संबिधान बिरोधीहरुको मसाल जुलुस निस्कने कार्यक्रम तय भएको छ । संबिधानको बिपक्षमा रहेका दलहरुले पनि मसाल जुलुस निकाल्दै छन ।
