मधेषी र जनजाती बार्तामा आउ ः प्रचण्ड

Share:

असोज ,४ बिग न्युज,
एकिकृत नेकपा माओबादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिभिन्न समयमा माओबादीले नै आन्दोलन गरेर स्थापित मान्यतामा नै टेकेर नै संबिधान जारी भएको उल्लेख गरे ।
नयाँ संबिधान जारी भएको खुशियालीमा सरकारले आयोजना गरेको उत्सव सभामा बोल्दै प्रचण्डले संबिधानको लागि माओबादीहरु शिथिल बन्न तयार रहेको स्मरण गरे । शान्ति प्रकृयाको लागि माओबादी आफु शिथिल बनर भएपनिजारी गर्नुपर्छ भन्ने पक्षमा उभिएको उनको भनाई थियो ।
उनले मधेषमा रहेका दल तथा जनसमुदाय का धेरै माग संबोधन भएका बताए । संघियता , समानुपातिक समावेशी , नागरीकता,जस्ता सिमाङ्गकन जस्ता कुराहरु पनि बार्ताबाट संबोधित हुने उनको भनाई थियो ।
संबिधान घोषणा भएपछि पनि समाधान गर्न सकिने मधेषको जायज मागको पक्षमा आफु रहेको भन्दै बार्तामा आउन अपिल उनले अपिल गरे । उनले जनजातीलाई पनि बार्तामा आउन अपिल गरे ।
भारत तर्फ लक्षीत गर्दे प्रचण्डले अरुको स्वतन्त्रतामा ध्यान दिन अहाग्रह गरे । अहिले खुलामन्चमा सभा जारी छ ।

कमेन्ट गर्नुहोस्
Share: