सबैको माग संबोधन भएका छन खुशियाली मनाऔः ओली

Share:

असोज ४, बिग न्युज, नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले अहिलेको संबिधान गणतन्त्रको सस्थागत गर्नको लागि मुख्य बाटो भएको बताएका छन । सरकारले आयोजना गरेको खुशियाली सभामा बोल्दै उनले अहिलेको संबिधानले गणतन्त्र,संघियता,पछाडी परेको समुदायलाई अगाडी ल्याउने प्राबधान गरेको बताए ।
उनले मधेषी लगायतको समुदायहरुको माग संबोधनको लागि आयोग बनाइने , हिमाल पहाड तराई सबै भु–भागलाई बिकासको मुलधारमा राखेर बिकासको ढोका खोल्ने काम भएकोमा संबिधान सभा सफल भएको बताए ।
असंलग्न परराष्ट्र निति, भौगोलिक अखण्डता, सामाजिक बिबिधता, राष्टिय अखण्डता कायम गर्नुपर्ने आबस्यकता रहेको उनको भनाई थियो । राजनतिक क्षेत्रमा चाहेको सम्पुण अधिकार ,देशलाई संबृत्तिको बाटोमा लानका लागि नै संबिधान कार्यान्वयन गरेर अगाडी जानु पर्ने आबस्यकता उनले औल्याए ।
बिकासका लागि मार्ग प्रशस्त भएकोमा खुशियाली मनाउन उनले आग्रह गरे । उनले आफुहरुको स्वाभिमान कायम राख्ने बिषयमा ख्याल राख्न बिदेशीलाई आग्रह गरे ।

कमेन्ट गर्नुहोस्
Share: