
नेपालगञ्ज ९ असोज ।
शनिबार बिहान नेपालगञ्जको रुपेडिया भन्सारमा अवरोध गर्न पुगेका कार्यकर्तालाई प्रहरीले हटाउन खोजेपछि तनावको स्थिति सृजना भएको छ ।
रुपेडिया नाकामा प्रहरी र मधेसी मोर्चाका कार्यकर्ता बीच ढुंगा हानाहन भइरहेको छ । प्रदर्शकारीको ढुंगा लागि नेपाल प्रहरीका सई दिलबहादुर घर्ती, हवल्दार सुरेश बस्याल, प्रहरी जवान कलम बिक, कमल खनाल घाइते भएका छन् ।
घाइते सबैको भेरी अञ्चल अस्पतालमा उपचार भइरहेको छ । प्रदर्शनकारीहरु दशगजा क्षेत्रमा बसेर प्रहरी माथी ढुंगा प्रहार गरिरहेका छन् । प्रहरी र प्रदर्शकारी बीच ढुंगा हानाहान सुरु भएपछि त्यहाँ स्थानीयबासिन्दाहरुको भागदौड मच्चिएको छ ।
कमेन्ट गर्नुहोस्
