
असोज ९ / स्वीजरल्याण्डका अधिकारीले अन्तर्राष्ट्रिय फुटबल फेडेरेशन फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर विरुद्ध आपराधिक अनुसन्धान सुरु गरेका छन् । अधिकारीले ब्लाटरसँग सोधपुछ गर्नुका साथै उनको कार्यालयमा पनि खानतलासी गरेका छन् ।
ब्लाटरले सन् २००५ मा क्यारबियन फुटबल प्रमुख ज्याक वार्नरसँग फिफालाई घाटा हुनेगरी फुटबलको टिभी राइट्स सम्झौता गरेको आरोप लागेको छ । यस्तै युरोपियन फुटबल युएफका प्रमुख मिशेल प्लाटिनीलाई सन् २०११ मा अवैधानिक रुपमा रकम उलब्ध गराएको आरोप पनि ब्लाटरमाथि लागेको छ । यीनै आरोपको विषयलाई लिएर उनीमाथि आपराधिक अनुसन्धान सुरु भएको स्वीस अधिकारीले बताएका छन् । ब्लाटरमाथि फिफाको व्यवस्थापन राम्रोसँग गर्न नसकेको आरोप पनि लागेको छ ।
तर ब्लाटरले भने सबै आरोप अस्वीकार गर्दै आएका छन् । सन् १९९८ देखि फिफाको अध्यक्ष रहेको ब्लाटरले पाँचौं पटक अध्यक्षमा चुनिएको केही दिनपछि नै गएको जुनमा राजिनामा दिएका थिए ।
