माछापुच्छ्रे र जनता बैंक गाभिए

Share:

रञ्जन अधिकारी  पोखरा, ११ असोज । राष्ट्रिय ‘क’ वर्गका दुई वाणिज्य बैंकहरु माछापुच्छ«े बैंक र जनता बैंक आपसमा गाभिएका छन् । पोखरामा सोमबार पत्रकार सम्मेलन गरेर दुवै बैंकले आपसमा गाभिएको जानकारी दिए । पत्रकार सम्मेलनमा माछापुच्छ«े बंंैकका अध्यक्ष डा. विरेन्द्रप्रसाद महतो र जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले बैंक मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरे ।

मर्जर पश्चात बैंकको नाम माछापुच्छ«े बैंक नै रहनेछ । र, बैंकको संचालक समिति अध्यक्षमा डा. विरेन्द्रप्रसाद महतो रहनेछन् । संचालक समितिमा माछापुच्छ«े बैंकको तर्फबाट पाँच जना, जनता बैंकको तर्फबाट ३ जना र विशेषज्ञ संचालक एक जना रहनेछन् ।

नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीति अनुसार वाणिज्य बैंकको कुल चुक्ता पुँजी आठ अर्व हुनुपर्छ । र, चुक्ता पुँजी बढाउन पनि यी दुई वाणिज्य बैंकहरु आपसमा गाभिएका हुन् । ‘अब २ अर्ब चुक्ता पुँजी भएको बंंैकले एकैचोटी ८ अर्ब पु¥याउन निकै गाह«ो कुरा हो ।’ जनता बैंकका संचालक गुरुप्रसाद न्यौपानेले भने–‘त्यसैले विकल्पको रुपमा हामी आपसमा गाभिने निर्णय गरेका हौँ ।’ अरु बैंकहरुका लागि पनि यो एउटा गतिलो उदाहरण हुन सक्ने उनले बताए ।

हाल माछापुच्छ«े बैंकको चुक्ता पुँजी २ अर्ब ९५ करोड र जनता बैंकको चुक्ता पुँजी २ अर्ब ६ करोड रहेको छ । दुवै बैंकको चुक्ता पुँजी जोड्दा कुल ५ अर्ब ७१ करोड रुपैयाँ चुक्ता पुँजी पुग्छ । यद्यपी राष्ट्र बैंकको मौद्रिक नीतिको मान्यता अनुसार यी दुवै बैंक आपसमा गाभिँदा पनि ८ अर्ब रुपैयाँ पुग्दैन । ‘हामीले तीन वर्ष भित्रमा आठ अर्ब चुक्ता पुँजी पु¥याउने लक्ष्य लिएका छौँ ।’ जनता बैंकका अध्यक्ष उदय नेपाली श्रेष्ठले भने–‘र, यो लक्ष्यमा पुग्न हामीलाई धेरै कठिन पनि छैन ।’ तीनवटा आर्थिक वर्षमा राष्ट्र बैंकको मौद्रिक नीति अनुरुपको चुक्ता पुँजी बनाएर नेपालकै अग्रणी बैंक बन्ने लक्ष्य रहेको उनले सुनाए ।

मर्जर पश्चात बैंकले आगामी दिनमा कस्तो खालको कारोबार गर्छ त ? अध्यक्ष महतो भन्छन्–‘हामी २ अर्बबाट ८ अर्बमा फराकिलो हुँदैछौँ । र, यसले हाम्रो कारोबार पनि बढाउनेछ ।’ महतोका अनुसार अहिलेसम्म पुँजी अभावमा धेरै ठुला लगानी गर्न नसकेको बैंकले अबका दिनमा लगानीको दर बढाउनेछ । यसअघि माछापुच्छ«े बैंकले स्ट्याण्डर्ड फाईनान्सलाई आफुमा मर्ज गराईसकेको छ । जनता बैंकसँग मर्ज भएसँगै माछापुच्छ«े बैंकको शाखा ९२ वटा र ९८ वटा एटिएम पुगेका छन् । दुईवटा बैंक गाभिएसँगै माछापुच्छ«े बैंकमा काम गर्ने कर्मचारीको सँख्या करिब एक हजार पुगेको छ ।

कमेन्ट गर्नुहोस्
Share: