भोलिदेखि देशभर हिन्दी च्यानल बन्द हुने, पोखरामा पनि भारतीय टिभी च्यानल बन्द

Share:

पोखरा ११ असोज / केबल टेलिभिजन सञ्चालकहरुले मंगलबार बिहान १० बजेदेखि देशभर हिन्दी च्यानल बन्द गर्ने भएका छन् । भारत सरकारले नेपालमा एक सातादेखि नाकाबन्दी गरेपछि सोमबार बसेको नेपाल केबुल टेलिभिजन संघ र नेपाल केबुल टेलिभिजन एसोसिएसनको संयुक्त बैठकले हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेका हुन् ।

संघका अध्यक्ष सुशील पराजुलीले राष्ट्रिय स्वाधीनामाथि गम्भीर हस्तक्षेप भएको निष्कर्ष निकाल्दै हिन्दी च्यानल बन्द गर्ने निर्णय गरेको जानकारी दिए । ‘हिन्दी च्यानल बन्द गर्न केही दल र जनदबाब पनि थियो,’ उनले ईकान्तिपुरसित भने, ‘मंगलबार बिहान १० बजेदेखि अनिश्चितकालका लागि बन्द गर्ने निर्णयमा पुग्यौं ।’
नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले टेलिभिजनमा हिन्दी च्यानल बन्द गर्न लिखित दबाब दिएको थियो ।
पोखरामा पनि भारतीय टिभी च्यानल बन्द

भारतले नेपालमाथि गरेको अघोषित नाकाबन्दीको बिरोधमा पोखरामा पनि भारतीय च्यानलको प्रशारणमा रोक लागाईएको छ । सोमवार साँझदेखि पोखराका केवुल टिभीहरुले भारतीय च्यानल बन्द गरेका हुन् ।
यसअघि भारतको बिरोधमा चितवन लगायत बिभिन्न स्थानमा पनि भारतीय टिभी च्यानलको साथै भारतीय चलचित्र प्रशारण, प्रदर्शनमा रोक लगाईएको थियो ।

पोखराका केवल टिभी अन्तर्गत जडान गरिएका स्थानमा सोमवार साझदेखि भारतीय कुनैपनि टिभी च्यानल देख्न सकिने छैन । पोखराका स्थानिय टिभी च्यानल र अन्य नेपाली च्यानल बाहेक अब टेलिभिजन च्यानलमा भारतीय कुनैपनि च्यानल हेर्न नसकिने केवल टिभी सञ्चालकहरुले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
Share: