
रञ्जन अधिकारी पोखरा, ११ असोज / युवाहरु मिलेर यसै वर्ष स्थापना गरेको लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले पोखरेलीलाई फेस्टिभ मुड बनाउन विजया दशमीको सुरुवातीसँगै घटस्थापनाको दिन ‘लायन्स नाईट’ आयोजना गर्ने भएको छ । असोज २६ गते होटल रोयल पाल्म, चाउथेमा हुने सो नाईटको मुख्य उद्देश्य अग्रज लायनहरुसँग सौहार्द सम्बन्ध स्थापनाका साथै बचत रकम भुकम्प प्रभावित विद्यालय पुनर्निमाणमा लगाउनु रहेका क्लका अध्यक्ष तथा कार्यक्रम संयोजक लायन प्रदिप कुँवरले बताए ।
उनका अनुसार कार्यक्रममा पोखरा र आसपासका लायन्स क्बलका सदस्य तथा लायन्स क्लबमा आबद्ध नभएका ब्यक्तिहरुको सहभागिता रहने छ । कार्यक्रमको बारेमा जानकारी दिन पोखरामा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले भने– ‘लायन्स क्लब ३२५ बि वान नेपालमा आबद्ध क्लबहरु तथा क्लबमा आबद्ध नभएका पोखराका लब्धप्रतिष्ठित ब्यक्तित्वहरु बिच दशैं शुभकामना, भाइचारा अभिबृद्धि तथा आत्मिय सम्बन्धलाई कायम राख्नका लागि कार्यक्रम आयोजना गर्न लागिएको हो ।’
कार्यक्रममा नेपालका ख्याती प्राप्त कलाकारहरु बिनोद बानिया, धर्मेन्द्र सेवान तथा प्रमोद खरेलको सांगितिक प्रस्तुतीका साथै मिस नेपाल टप फाइभ फाइनलिस्ट, राष्ट्रिय भलिबल खेलाडी तथा नेपाली फिल्मका नायिका सिपोरा गुरुङ्ग सहितका मोडलहरुको कल्चरल फेशन शो प्रस्तुत गर्ने क्लबका सचिब तथा प्रचारप्रसार संयोजक सन्जय मल्लले बताए ।
लायन्स क्लब डिस्ट्रिक ३२५ बि वानका मिडिया कमिटी चियरपर्सन सुदिपराज ढुङ्गानाले छोटो समयमा नै लायन्स क्लब अफ पोखरा टुरिजम सिटीले पोखरामा समाजसेवामा आफ्नो हस्तक्षेपकारी भुमिका निर्बाह गरेको खुसी प्रकट गरे । कार्यक्रम सम्पन्न गर्नका लागि क्लबका अध्यक्ष प्रदिप कुँवरको संयोजकत्वमा १५ समिती कार्यसमिती चयन गरिएको छ । सहसंयोजकमा प्रथम उपाध्यक्ष सुदिप पौडेल, निमन्त्रणा तथा जनसम्पर्क संयोजक तृतिय उपाध्यक्ष निरन केसी, इभेन्ट तथा प्रचारप्रसार संयोजक सचिब सन्जय मल्ल, अतिथी सत्कार संयोजक सहसचिब किसन गिरी, अर्थ संयोजक कोषाध्यक्ष एकराज गिरी, प्रायोजक तथा ब्यानर संयोजकमा सहकोषाध्यक्ष सुनिल जिसी, निर्देशक बिरेन्द्र कँुवर, सल्लाहकार बिनय थापा तथा उत्तम गुरुङ्ग रहेका छन । त्यसैगरि टिकट ब्यवस्थापन संयोजकमा पिआरओ सन्जय भट्टराई, मायाको चिनो संयोजकमा टेल टिवस्टर क्षितिज तुलाचन, मञ्च सज्जा संयोजकमा निर्देशक अश्विन कार्की, साउण्ड तथा लाइटसिस्टम संयोजकमा सल्लाहकार बिधान कोइराला, यातायात ब्यवस्थापन संयोजकमा हेमन्त मल्ल, स्टल ब्यवस्थपान संयोजकमा बिश्वयज्ञधिर पौडेल घर्ति, भोजन ब्यवस्थापन संयोजकमा बिकास लामिछाने र सुरक्षा संयोजकमा भिम क्षेत्री रहेका छन् । पोखरामा बिभिन्न पेशा ब्यवसाय गरि बस्ने ४२ जना युवाहरु संलग्न क्लबले भुकम्पका बेला सहयोग गरेको जनाउँदै समाजसेवाको क्षेत्रमा क्रियाशील रहने अठोट लिएको छ ।
