
पोखरा,असोज २०
बिप्लव नेतृत्वको नेकपा माओबादीको युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवकको केन्द्रीय सम्मेलन पोखरामा सम्पन्न भएको छ ।
सम्मेलनले झक बहादुर मल्लको नेतृत्वको ७१ सदस्यिए केन्द्रीय समिति चयन गरेको छ । दुईदिन सम्म चलेको सम्मेलनले उपाध्यक्षमा कृष्ण राज बि.क , महासचिवमा बाबुराक किँराती र सचिवमा किरण पोखरेललाई र्निबाचित गरेको छ ।
सम्मेलनले बिभिन्न समसामयिक प्रस्ताव पारीत गरेको छ । जारी संबिधान खारेज गर्ने,भारतिय नाकाबन्दी तत्काल हटाउन र जनजिवन सामान्य बनाउन सरकार संग माग गर्ने,भारतिय हस्तक्षेप बिरुद्ध आन्दोलन गर्ने,नाकाबन्दीको बाहानामा भईरहेको कालोबजारीको अन्त्यको लागि पहल गर्ने लगायतको प्रस्ताव पारीत गरेको पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईयो ।
पोखरामा आयोजना गरीएको पत्रकार सम्मेलनमा नवर्निबाचित अध्यक्ष मल्लले अब भारतको रबैया बिरुद्ध आन्दोलन गर्ने बताए । आगामी असोज २५ गते जिल्ला प्रसासन कार्यलयहरुमा ज्ञापनपत्र बुझाएर नाकाबन्दी हटाउन सरकारलाई अनुरोध गर्ने र यदि नाकाबन्दी सहज बनेन भने शान्तिपुर्ण आन्दोलनबाट जनताको माग पुरा गर्ने मल्लले बताए । अब देशमा भएका सबैखाले बैदेशिक हस्तक्षेपको बिरुद्धमा संघर्षमा जाने उनको भनाई थियो ।
