सार्वजनिक यातायात लगभग ठप्प

Share:

काठमाडौं – भारतको नाकाबन्दीका कारण इन्धन आयात रोकिँदा दैनिक जनजीवन कष्टकर बन्न थालेको छ । मंगलबारबाट आयल निगमले सार्वजनिक सवारीसाधनलाई सीमित परिमाणमा इन्धन उपलब्ध गराउने निर्णय गरेपछि सार्वजनिक यातायात लगभग ठप्प हुने भएको छ ।

निगमले सार्वजनिक यातायातलाई प्राथमिकतामा तोकेर सोमबारसम्म इन्धन वितरण गरिरहँदासमेत सबै सवारीसाधान चल्न सकेका थिएनन् । सवारीसाधनका कमीले राजधानीमै छतमा यात्रु बाकेर बस गुडिरहेका छन् । मंगलबारबाट सीमित परिमाणमा इन्धन दिन सुरु भएपछि झन् कम सवारी चल्ने र सर्वसाधारणले थप सास्ती पाउने भएका छन् ।

सरकारको तथ्यांक अनुसार कुल सवारीसाधानमा १० प्रतिशत मात्रै सार्वजनिक यातायातको हिस्सा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्
Share: