
रञ्जन अधिकारी पोखरा, २२ असोज / पोखरामा तीन करोड लगानीमा मसला उद्योग स्थापना भएको छ । देउराली टेस्ट एण्ड Çलेवर ईण्डष्ट्रिजले ‘पीपलडाली’ ब्राण्डमा ६० भन्दा बढि प्रकारका मसलाजन्य पद्धार्थ उत्पादन गर्न सुरु गरेको हो । पोखरा २० ¥यालेचौर (साविक भलाम गाविस) मा रहेको उद्योगको शुक्रबार पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विन्दुकुमार थापाले शुभारम्भ गरे ।
उद्योगका प्रबन्ध निर्देशक कृष्णराज बास्तोलाले हाल दैनिक एक हजार किलो मसला उत्पादन हुने र माग बढे पाँच हजार किलोसम्म उत्पादन क्षमता रहेको जानकारी गराए । गाउँकै उत्पादनलाई उपयोग गरी रोजगारी सिर्जना गर्ने उद्देश्यले बजारक्षेत्रबाट केहि टाढा रहेको उद्योगमा अहिले दुई दर्जनले प्रत्यक्ष रोजगारी पाएका छन् । ‘जन्मथलोलाई नै ब्राण्ड बनाएर हामी आएका छौं ।’ उनले भने– ‘यहाँबाट उत्पादित चालिस बढि जडिबुडीयुक्त मसलाले बजार लिनेमा हामी ढ्क्क छौं ।’
‘२५ ग्रामको १५ रुपैंयादेखि ५०० ग्रामको ३५० रुपैंयासम्मको आकर्षक प्याकमा मसला बजारमा उपलब्ध हुनेछ ।’ उनले भने– ‘६० प्रकारका विभिन्न स्वादका मसला उत्पादन गरेका छौं ।’ हाललाई उद्योगबाट मसला उत्पादनमै जोड दिने र बजार विस्तारपछि सुप, क्युप तथा चाउचाउ, बिस्कुट समेत उत्पादन गर्ने लक्ष्य रहेको उनले सुनाए । बास्तोलाले मनाङ, मुस्ताङ, रुकुम, दाङ लगायतका स्थानबाट समेत सुकमेल, अलैंची, ल्वाङ, हर्रो, बर्रो लगायतका सामाग्री खरीद गर्ने भएकाले ग्रामीण क्षेत्रका किसान प्रत्यक्ष लाभान्वित भएको सुनाए ।
उद्योगका बजार व्यवस्थापक विनोद अधिकारीले अन्य मसलाको तुलनामा यहींबाट उत्पादित पीपलडाली मसला स्वादिलो र जडिबुडीयुक्त भएको दाबी गर्दै उपभोक्ताले ताजा उपभोग गर्न समेत पाउने बताए । ‘अहिले पोखरा बजारमा स्थापित गर्दै धौलागिरी सहित पश्चिमाञ्चलका सबै जिल्लामा पु¥याउने तयारीमा अघि बढेका छौं ।’ उनले भने– ‘नेपालभर नै पीपलडाली मसलाको बजार विस्तार गर्ने हाम्रो लक्ष्य हो ।’ मिट मसला, मिक्स मसाला, मःम मसाला, चाउमिन मसला, चाट मसला लगायतका पाँच दजएन बढि थरीका मसला उद्योगबाट उत्पादन हुन्छ ।
शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले पीपलडाली ब्राण्डको मसलाले पोखराको नाम अझै उँचो हुने विश्वास लिँदैराम्रो मार्केट लिनेमा आफु आशावादी रहेको बताए । ‘उद्यमशीलतको विकास र रोजगारी सिर्जनमा यो अर्को कदम हो ।’ थापाले भने– ‘ग्रामीण किसानलाई प्रत्यक्ष लाभ पुग्ने तथा स्थानीय पनि स्वावलम्वन र आत्मनिर्भर हुनेछन् ।’
उनले नेपालमै उत्पादित वस्तु उपभोग गर्नुपर्नेमा जोड दिँदै भारतले गरेको नाकाबन्दीले हामी आफै आत्मनिर्भर हुन पाठ समेत सिकाएको बताए । उनले चीनसँग्को सम्बन्ध पनि समदुरीमा राखेर नेपालमै उत्पादन हुने बस्तु आफै उत्पादन गरेर यहाँ नपाईने सामाग्री मात्र आयात गर्नुपर्ने उल्लेख गरे ।
