नाकाबन्दी भारतिय हस्तक्षेपको पछिल्लो नमुना; सिंह

Share:

पोखरा,असोज २३,माधब पनेरु , नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले देशमा भारतिय हस्तक्षेपका बढेको बताएका छन । पोखरामा आयोजना गरिएको एक कार्यक्रममा महामन्त्री सिंहले अब देश कता जान्छ भन्ने कुराको कुनै ज्ञारेन्टी नभएको बताए । देशमा भारतिय हस्तक्षेप सुगौली सन्धी बाट नै बढीरहेको शन्र्दभमा नाकाबन्दी पछिल्लो उदाहरण भएको उनले बताए ।

संबिधान र्निमाणमा भारतले गरेको प्रताव हेर्दापनि देशलाई सिक्कीमिकरण गर्न खोजेको कुरा सबैले बुझन सक्ने उनको भनाई थियो । आफुुहरुले ४८ सालमा संबिधानसभाको माग गरेको स्मरण गर्दे सिंहले अहिले आएर संबिधानसभाबाट संबिधान जारी भएकोमा खुशि ब्यक्त गरे । तत्कालीन अबस्थामा अस्विकार गरेका राजनितिक दलहरु र स्वयं नेकपा माओबादीले समेत स्वीकार गरेर संबिधान जारी गरेकोमा आफुहरुको ऐजेण्डा लागु भएको उनको दावि थियो ।
अहिले जारी भएको संघिय संबिधान भने भारतको आग्रहमा आएकोले तराईमा भारतले कुनै अप्रिय घटना घटाउन सक्ने उनले बताए । तराईलाई भारतमा गाभ्ने योजना अनुसार भारतले संघियता र त्यसमा पनि तराईमा दुई प्रदेश बनाउनु पर्ने प्रस्ताव राखेको सिंहले बताए । जनसंख्याको आधारमा र्निबाचन प्रणाली र प्रदेश संख्याको बिषयमा दलहरुले कुनै र्निणय लिन नहुने उनले जोड दिए । सिक्कीम पनि संसदमा नै बहुमत बनाएर नै भारतमा गाभिएकोले बहुमतले गर्देमा राष्ट्रिय हितमा हुन्भ भन्ने कुरा नभएको उनको भनाई थियो ।

कमेन्ट गर्नुहोस्
Share: