
पोखरा,असोज २३,माधब पनेरु
परिचय बचत तथा ऋण सहकारी सस्थाको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।
सस्थाले आफ्ना शेयर सदस्यहरुको लागि ११ प्रतिशत लाभांश बितरण गर्ने भएको छ ।
साधारणसभाका सस्थाका सचिब मोहन पुन ले बार्षिक प्रतिबेदन र अध्यक्ष दिपक तिमल्सीनाले आगामी निति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यलय पोखराका प्रमुख बद्रीनाथ अधिकारीले सहकारीहरु आफैमा स्वायत्त सस्था भएको बताए । सरकारी निकायबाट कुनै पनि सहकारीलाई बन्देज लगाउने कुनै पनि निति नरहेको उनको भनाई थियो । यद्यपि सहकारीको सिद्धान्त अनुसार चले, नचलेको मात्र हेर्ने काम आफुहरुको भएको उनको भनाई थियो । सहकारीहरुले पुजिँ निमाणका लागि लगानी गर्ने भनेको उद्योगधन्दा तथा ब्यबशायमा नै भएकोले ब्यबस्थीत र सुरक्षीत लगानीमा भने ध्यान दिन जरुरी भएको अधिकारीले जोड दिए । कुनै पनि सहकारी कस्तो बनाउने भन्ने कुरा त्यो सहकारीका सदस्यहरुमा र्निभर गर्ने उनले बताए ।
सस्थाका उपाध्यक्ष अमृत बहादुर गुरुङको निधन भएकोले साधारण सभाले उपाध्यक्षमा बलराम बडाललाई चयन गरेको छ । सो अबसरमा सस्थामा कार्यरत उत्कृष्ट कर्मचारी तथा लखपति बचतकर्ता , उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता र एस. एल.सि. पास भएका सस्थामा शेयर सदस्यका छोराछारीहरुलाई पनि सम्मान गरिएको थियो ।
कार्यक्रममा सराङ्खकोट सास्ताहिक पत्रिकाका प्रधान सम्पादक यदुनाथ बन्जरा, बिग एफ.एमका समाचार प्रमुख माधब पनेरु लगायतले बोलेका थिए ।
