अन्नत ओली बने नेपालको ३८ औ प्रधानमन्त्री

Share:

असोज २४
नेपाली काग्रेसका सभापति शुशिल कोईरालालाई पराजित गर्दे नेकपा एमालेका अध्यक्ष केपि ओली नेपालको ३८ औ प्रधानमन्त्री बनेका छन ।
ओलीको पक्षमा ३८८ र ओलीको प्रतिष्पर्धी नेपाली काग्रेसका सभापति शुशिल कोईरालाले २४९ मत पाएका थिए । ओलीलाई एकिकृत नेकपा माओबादी, राप्रपा नेपाल लगायतका साना दलको समर्थन रहेको थियो । भने शुशिल कोईरालालाई महन्थ ठाकुर नेतृत्वको मधेषी मोर्चाले समर्थन गरेको थियो ।
यो संगै ओली संसदबाट बहुमतीय प्रधानमन्त्री बनेका हुन । संबिधान जारी भएपछि नयाँ सरकार गठन गर्ने भनि दलहरु बिच भएको भनिएको भद्र सहमति बिपरित पुर्ब प्रधानमन्त्री तथा काग्रेश सभापति सुशिल कोईरालाले प्रधानमन्त्री पदका लागि उमेदवारी दिएका थिए ।

 

कमेन्ट गर्नुहोस्
Share: