
काठमाण्डौ २४ असोज । नेकपा एमालेका नेता केपी शर्मा ओली नेपालको ३८ औं प्रधानमन्त्रीमा निर्बाचित भएका छन् । ब्यबस्थापिका संसदमा आईतवार भएको निर्वाचनबाट ओली कांग्रेस सभापति समेत रहेका निवर्तमान प्रधानमन्त्री प्रतिश्पर्धी सुशील कोइरालालाई पराजित गर्दै संबिधान घोषणा भएपछिको पहिलो प्रधानमन्त्री निर्बाचित भएका हु्न् ।
संसदको तेस्रो ठूलो दल एकिकृत माओबादी र चौथो शक्ति राप्रपा नेपाल , बिजय गच्छदार सहितको सहयोगमा उनले प्रतिपर्धि कोइरालालाई पराजित गरेका हुन् । ओलीको पक्षमा संसदमा उपस्थित सदस्य संख्या ५८७ मध्य ३३८ मत परेको थियो । यो संख्या संसदको बहुमत हो । त्यस्तै कोईरालाको पक्षमा जम्मा २४९ मत मात्रै परेको सभामुख सुवास नेम्वाङले घोषणा गरेका थिए ।
नेपालको ईतिहासमा उनि छैटौ कम्युनिष्ट प्रधानमन्त्री भएका छन् । २०५१ सालको निर्बाचनपछि एमालेका मनमोहन अधिकारी पहिलो कम्युनिष्ट प्रधानमन्त्री भएका थिए । त्यसपछि माधब नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल र बाबुराम भट्टराई कम्युनिष्ट पार्टीको तर्फबाट प्रधानमन्त्री पदमा पुगेका थिए ।
