कास्की माझठानाका रानाभाटलाई दुई जना ‘टिनजएजर्स’ले यसरी मारे

Share:

पोखरा, २७ असोज | कास्की माझठानाको ३० वर्षे युवा रमेश रानाभाटलाई हत्या गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नाचगान गर्दै गर्दा भएको सामान्य झगडापछि दाउराले हानेर हत्या गर्ने सोमबहादुर भुजेल र सोवित रानाभाटलाई प्रहरीले पक्राउ गरेको हो ।

असोज २६ गते दुई जना मिलेर रमेश रानाभाटको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ती दुई युवाले मृतकको घर नजिकै उनलाई दाउराले प्रहार गरेका थिए । दाउराले प्रहार गरेपछि दुवै जना फरार रहेका थिए ।

भाग्ने क्रममा सोमबहादुर भुजेललाई तनहुँको दमौली र सोवित रानाभाटलाई माझठाना भगवतीटारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: