
२७ असोज / इन्डियन आयल कर्पोरेशन (आइओसी)ले फेरी पेट्रोलियम पदार्थ भारी कटौती गर्न थालेको छ । आइओसीको मुख्यालय मुम्बईको आदेश भन्दै बुधवार भारत पुगेका ट्यांकरमध्ये १० प्रतिशतलाई मात्रै तेल दिएको आयल निगमले जनाएको छ । आईओसीले केपी ओली प्रधानमन्त्री भएपछि सहज रुपमा इन्धन उपलब्ध गराइरहेको थियो ।
निगमबाट बरौनी, सिलगुढी, गोन्डा, भैरहवा र वेतालपुर पुगेका ट्यांकरमध्ये १० प्रतिशतलाई मात्रै तेल दिएको निगमले जनाएको छ । आयल निगमका भैरहवा डिपोका अनुसार वेतालपुर पुगेका २० वटा ट्यांकरमध्ये ६ वटालाई मात्रै तेल दिएको छ । जसमध्ये, ५ ट्यांकरमा डिजेल र १ ट्यांकरमा पेट्रोल दिएको छ ।
आइओसीले नै फोन गरेर तेल लिन आग्रह गरेपछि आयल निगमले स्कर्टिङ गरेर ट्यांकर भारत पठाएको थियो ।
