
पोखरा,असोज २८, माधब पनेरु ,
भर्खरै एकिकृत नेकपा माओबादी परित्याग गरी स्वतन्त्र बनेको पुर्ब प्रधानमन्त्री डा. बाबुरामा भट्राईले आफुले पार्टीहरुको नाममा अर्को एउटा पार्टी थप्ने मनसाय नबनाएको बताए । युगको परिबर्तन संगै मानिसका चाहना फेरीए जस्तै राजनितिमा पनि ऐजेण्डा र आबस्यकता फेरीने उनको भनाई थियो । पोखरामा संबाद नेपालले पोखरामा आयोजना गरेको खुला छलफल कार्यक्रममा भट्राईले अब देशको आबस्यकता अनुसारको नयाँ शक्ति र्निमाणको अभियानमा लाग्ने बताए ।
तर आफुले कुनै पनि पदको सपना नदेखेको स्पष्ट पार्दे भट्राईले अबको पुस्ताले सबृद्ध नेपाल र्निमाण गर्ने नेतृत्व जन्माएर संबृद्ध देश बनाउनको लागि यस्तो जोखि उठाएको उनले दावी गरे ।
बर्तमान राजनितिक समस्याको समाधानबाट नै नाकाबन्दी हल गर्न सक्ने भट्राईको भनाई थियो । मधेष र थारुहरुको समस्या समाधान गरेर भारतसंग कुटनितिक पहल हुनु जरुरी भएको भन्दै उनले बर्तमान समस्या समाधानकोे उपाय नै त्यही भएको बताए ।
पोखरा उद्योग बाणिज्य संघको अमृत कक्षमा आयोेजना गरिएको कार्यक्रममा खचाखच मानिसहरुको उपस्थिती रहेको थियो । एकिकृत नेकपा माओबादीका स्थानिय कार्यकर्ता तथा बिभिन्न क्षेत्रका मानिसहरुको दरिलो उपस्थितीका बिचका डा. भट्राई संबृद्ध र आर्थिक क्रान्तिको कुरा गर्दा हलमा सहभागिहरुले तालि बजाएका थिए । पछिल्लो समय मधेषको पक्षमा बोलेको भन्दै उनको आलोचना भएको थियो । आफुहरुले बिभेदको बारेमा बोलेको तर त्यसको गलत ब्याख्या भएकोमा उनले दुखेसो ब्यक्त गरेका थिए ।
