
माधब भुसाल , असोज ३० । ‘तिम्रै बारेमा’ गितको बोलबाट नेपाली सांगीतिक आकाशमा नक्षेत्रको रुपमा आफुलाइ चिनाउन सफल गायक गोपीकृष्ण भुसालले आफ्नो दाश्रो गित ‘मेरो मन’ लिएर आएका छन् । तिम्रै बारेमा बोलको गितले उनलाई चर्चामा ल्याएको थियो ।
‘मेरो मन’मा बिशेषत युवाहरुको मनलाई दर्शाउन खोजीएको गायक भुसालले बताएका छन् । गितमा उनकै शब्द र संगित रहेको छ भने रिकेश गुरुङ यसका एरेन्जर हुन् ।
गितको भिडियोमा गायक भुसाल स्वयंले अभिनय गरेका छन् । उनलाई साथ दिएकी छिन् सब्बु तामाङले । सुमन काइरालाको निर्देशनमा बनेको भिडियोलाइ काइरालाले नै खिचेका हुन् । बालकृष्ण भुसाल, कुलराज भुसाल र प्रकाश सुबेदी भिडियोका निर्माता हुन् । गितलाइ एशियन म्युजिकले बजारमा ल्याएको हो ।
कसैको प्रेममा परेपछि मनमा आउने युवाहरुको भावलाइ गितमार्फत प्रस्तुत गर्न खोजीएको र यस गितलाइ पनि अघिल्लो गित जस्तै श्रोता र दर्शकहरुले मन पराउने गायक भुसालको बिश्वास छ । नवलपरासी स्थित गैंडाकोट घर भएका उनि हाल बिपिएच अध्ययन गर्दै छन् ।
vedio link here : https://www.youtube.com/watch?v=OCaHRx-_CBA&feature=youtu.be
