दशैँ विशेष रेडियो गेम शो महाआजिजामा सोनु थापाले जिते १० हजार

Share:

बिग न्युज
पोखरा, ४ कार्तिक

नेपालीहरुको महान चाड बडादशैँको अवसर पारेर विग एफएमले सञ्चालन गरेको रेडियो गेम शो ‘महा–आजिजा’ सकिएको छ । असोजको २७ गतेबाट सुरु भएको महा–आजीजा कार्तिक ३ गते सप्तमीको दिन मंगलबार सकिएको हो ।

आजीजामा सोनु थापाले सबैभन्दा धेरै १० हजार नगद जित्न सफल भएका छन् । कास्की देउरालीका मिलन घिमिरे र फुलबारीका कृष्ण अधिकारीले पाँच हजार जित्न सफल भए ।

त्यस्तै विष्णु सापकोटा, विकास श्रेष्ठ, पृथ्वीचोकका विराज बस्ताकोटीले नगद २ हजार जित्न सफल भए । विग एफएमले सञ्चालन गरेको रेडियो गेम शो  ‘महा–आजिजा’मा आरती बास्तोला, विधान घिमिरे, मिन क्षेत्री, पुजा सुनार, रामशरण बास्तोला, धुव्र सिग्देल तथा हरचिन्द्र तिमिल्सिनाले नगद १ हजार जित्न सफल भए ।

सात दिनसम्म चलेको यो रेडियो गेम शोमा सहभागि हुनका लागि स्रोताहरुले एस.एम.एसबाट दर्ता हुनुपर्ने प्रावधान रहेको थियो । हरेक दिन साँझ ७ बजेदेखि ९ बजेसम्म चलेको रेडियो गेम शोका लागि दर्ता भएका स्रोताहरुको नम्बरमा एफएमले नै फोन गरेर गेम खेलेको थियो ।

यो पटकको ‘महा–आजिजा’लाई विश्वकै उत्कृष्ट पेन्ट्स कम्पनीमध्येको एक ‘कान्साई नेरोल्याक पेन्ट्स नेपाल’ले मुख्य प्रायोजन गरेको छ । त्यस्तै ‘महा–आजिजा’को पावर्ड बाई टाईटलमा एक्सेस एजुकेशन नेटवर्कले सहकार्य गरेको छ ।

विग एफएमले हरेक चाडपर्वलाई यस्तै विभिन्न खाले ईभेन्टहरु गरेर स्रोताहरुसँग मनाउँदै आएको छ । त्यस्तै मंसिरको शुरुवातसँगै विग एफएमले ग्राण्ड ईभेन्ट स्वरुप गायन रियालिटि शो विग आईकनको छैठौँ सँस्करण शुरु गर्दैछ । विग आईकनको लागि यतिबेला निशुल्क रुपमा आवेदन फाराम वितरण भैरहेको एफ.एमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: