
पोखरा, कात्तिक ४ / साङ्गीतिक यात्राको क्रममा बेलायत पुगेकी चौथो बिग आइकन मुस्कान रानाभाट त्याँहा स्थित नेपालीहरुमाझ आफ्नो प्रस्तुती रोखेकी छन् । गत शनिबार (१७ अक्टोबर) बेलायतको हन्स्लो स्थित चर्च अफ द गड सेफर्ड मा आयोजीत कार्यक्रममा उनले आधा दर्जन बढी साङ्गीतिक प्रस्तुती राखेकी हुन् ।
मुस्कानको हरेक प्रस्तुतीमा नेपालीहरुले खुलेर साथ दिएका थिए । साथै उनिहरुले मुस्कानको गायकीको समेत प्रशंसा गरे । कार्यक्रममा मुस्कान बाहेक चर्चित गायिका शर्मिला बर्देवा, बेलायतमै बसोबास गरेका चर्चित जोडी बिजय र प्रिति सँगै युवा गायक सुजन पराजुलीले पनि आफ्नो साङ्गीतक प्रस्तुतीहरु राखेका थिए ।
बेलायतमा रहेका नेपालीहरुद्धारा दशैंको अवसरमा आयोजीत कार्यक्रमको उद्घाटन पोखरा उपमहानगरपालीकाका पुर्व मेयर कृष्ण थापाले गरेका थिए । उनले सबै देश बिदेशमा रहेका नेपालीहरुलाइ शुभकामना दिए ।
यस्तै कार्यक्रममा बिग एफएमका अध्यक्ष महेश भण्डारीले बिग आइकन मुस्कान रानाभाटको परिचय र बिग आइकनको लोकप्रियता बारे स्पष्ट पारे । बिग आइकनको चर्चा नेपालमा मात्र नभएर अन्तराष्ट्रिय जगतमा समेत हुने गरेको उनको भनाइ थियो ।
कार्यक्रममा बिग एफएमका अध्यक्ष महेश भण्डारी, बिग आइकन मुस्कान रानाभाट, गायिका शर्मिला बर्देवा लगायत अन्य कलाकारहरुलाइ सम्मान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन मोहन थापाले गरेका थिए ।

