सेनाले युद्धअपराध गरेको आरोप सत्य रहेको श्रीलंकाको सरकारी छानबिन समितिको खुलासा

335
0
Share:

कात्तिक ५ – 

श्रीलंकाली सेनाले युद्ध अपराध गरेको आरोप सत्य रहेको सरकारी छानबिन टोलीले बताएको छ । श्रीलंकाली न्यायधीस म्याक्सवेल पारानागामा नेतृत्वमा गठित पहिलो छानबिन समितिले सेनाले युद्ध अपराध गरेको जनाएको बिबिसीमा उल्लेख छ ।

लिबरेशन अफ तामिल टाईगरका विद्रोहीसँग चलेको झण्डै ३ दशक लामो युद्धमा सेनाले युद्ध अपराध गरेको छानबिन समितिका न्यायधीस म्याक्सवेलले बताउनुभएको हो । संयुक्त राष्ट्रसंघले श्रीलंकाली सेनाले युद्धअपराध गरेको खुलासा गरेपछि छानबिनका लागि श्रीलंकाको सरकारले समिति बनाएको हो ।

छानबिन समितिले युद्धको अन्तिम ५ महिनामा झण्डै ४० हजार जनालाई सेनाले हत्या गरेको तथा यो संख्या अझै धेरै हुनसक्ने बताएको छ । न्यायधीश म्याक्सवेलले सरकारलाई अन्तर्राष्ट्रिय समर्थन भएको न्यायिक छानबिन आयोग गठन गर्न सुझाव पनि दिनुभएको छ ।

 

 

कमेन्ट गर्नुहोस्
Share: