राईनासकोटको अध्ययन भ्रमण सम्पन्न

242
0
Share:

पोखरा , कार्तिक ६,माधब पनेरु ,
लमजुङ जिल्ल्लाको पुर्बी क्षेत्रमा पर्ने ऐतिहासीक महत्व बोकेको राईनासकोटको अध्ययन अबलोकन भ्रमण सम्पन्न भएको छ ।
साहिलीटारमा रहेको ज्ञानोदय उच्च माबिका भुपु बिद्यार्थिहरुको एक टोलीले उक्त क्षेत्रको अध्ययन अबलोकन गरेको हो । दशैको अबसरमा देशका बिभिन्न स्थानमा रहेका सो क्षेत्रका युवाहरुले ईतिहास बोकेको तर आझेलमा परेको राइनासकोटको ऐतिहासिक महत्वको बारेमा जानकारी र प्रचारको लागि भ्रमणको कार्यक्रम राखिएको संघका सचिब दिनेश चन्द्र पन्थीले जानकारी दिए । पछिल्लो समय घोषणा भएको राईनास नगरपालिकाको बृहत्तर र एकिकृत बिकासको संभावनाहरुको खोजि गर्दे राईनास उपत्यका भित्र रहेको एतिहासिक , धार्मिक तथा पर्यटकिय महत्वको सम्पदाहरुको संरक्षणका लागि बिषेश पहल गर्ने पनि उनले बताए । भ्रमणमा १५ जना युवाहरुको सहभागिता रहेको थियो ।
स्थानिय ज्ञानोदय उच्च मावि बाट सुरु भएको यात्रा भलायखर्क, आँठस्वारा, मोहरीया हुदै राईनासकोटमा पुगेर तिनपिप्ले हुदै समापन भएको थियो । भ्रमण टोलीले कोटमा रहेको पुराना ऐतिहासिक महत्वका सामानहरु हराएकोले चिन्ता ब्यक्त गरेको छ । सो क्षेत्रमा बसोबास गर्ने स्थानियहरु संग छलफल गरी टोलीले उक्त कोटको संरक्षणको लागि समिति बनाएरनै काम गर्न सुझाव दिएको सचिव पन्थीले बताए ।
शाहबंशिय राजाहरुको उदगम थलोको रुपमा चिनिएको राईनासकोटको चर्चा कम हुने गरेको छ । लमजुङ्ख जिल्लाको महत्वपुर्ण तथा एतिहासिक क्षेत्रहरु मध्ये मुख्य क्षेत्रको रुपमा राईनासकोट लाई लिईन्छ ।
उक्त क्षेत्र प्याराग्लाईडिङका लागि पनि उपयुक्त क्षेत्र मानिन्छ । राईकोट नजिकै रहेको गिद्धे पहरोको पनि आफ्नै महत्व रहेको छ । लोपन्मुख पंछी गिद्ध बसोबास गर्ने उक्त पहरो अध्ययन अनुसन्धानका लागि उपयुक्त रहेको ईन्जीनियर दिनेश पन्थीले बताए । यद्यपि संरक्षणको अभावका कारण गिद्धे पहरोमा गिद्धको संख्या घटेको छ । संबन्धीत निकायहरुले गिद्ध संरक्षणमा हालसम्म कुनै पनि पहल गरेका छैनन । मरेका जिवजन्तु खाएर बाँच्ने गिद्ध पछिल्लो समय मरेका जिवजन्तु जमिनमा खाल्टो खनेर गाड्न थालेपछि लोप हुन थालेका हुन ।
केही बर्ष पहिले गिद्धहरु प्रशस्त पाईने उक्त पहरोमा अहिले गिद्धको संख्या घटेकोमा पन्थीले बेलैमा संरक्षण अभियान लैजान सके जोगाउन सकिने बताए ।
नगरपालिको घोषणा भएपछि उक्त क्षेत्रको बिकासको लागि उक्त क्षेत्रका ईन्जीनियर, डाक्टर, पत्रकार तथा बुद्धिजिवीहरुले राईनास उपत्यकाको बिकासको एकिकृत योजना बनाएर अघि बढ्ने प्रण गरेको पन्थीले बताए । संभावना बोकेको क्षेत्र हुदाँ हुदै पनि आझेलमा परेको भन्दै अब देखि एकिकृत योजना अनुसार संसारभर चिनाउन लागी पर्ने उनले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
Share: