छैठौँ विग आईकनको बैंकिङ पार्टनरमा गरिमा विकास बैंक

Share:

रेम बिक 

पोखरा, १२ कात्तिक | छैठौँ सँस्करणको विग आईकनको बैंकिङ पार्टनरमा गरिमा विकास बैंक फाईनल भएको छ । पोखरा महेन्द्रपुलस्थित बैंकको मुख्य कार्यालयमा विहिबार विग एफएमका अध्यक्ष महेश भण्डारी र बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालबीच सहमतीपत्रमा हस्ताक्षर भएको हो ।

गायन रियालिटि शो विग आईकनको बैंकिङ पार्टनरको रुपमा सहकार्य गर्ने निश्चित भएपछि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले खुशि व्यक्त गरे । ‘हाम्रो लागि यो निकै खुशिको कुरा हो ।’ उनले भने–‘गायन प्रतिभाहरुको लागि नेपालकै उत्कृष्ट मञ्च विग आईकनमा हामीले व्यवसायिक सहकार्य गरेका छौँ । र, यो सहकार्यले सामाजिक उत्तरदायित्वलाई पनि देखाउँछ ।’

त्यस्तै विग एफएमका अध्यक्ष महेश भण्डारीले विग आईकनमा गरिमा विकास बैंकको सहकार्य हुनु निकै खुशिको कुरा भएको बताए । ‘यस्तै व्यवसायिक संघसंस्थाहरुकै सहयोगमा नै विग आईकन मुलुककै उत्कृष्ट गायन मञ्च भएको हो ।’ सहमती भैसकेपछि भण्डारीले भने–‘यस्तै व्यवसायिक सहकार्यको अपेक्षा हामीले निरन्तर पाउने आशा गर्दछौँ ।’

२०६४ सालमा स्थापना भएको गरिमा विकास बंैक राष्ट्रियस्तरको विकास बैंक हो । गत असारमा म्याग्दीको निलगीरी विकास बैंकसँग मर्ज भएपछि यसले आफ्नो कार्यक्षेत्र विस्तार गरेको हो । हाल नेपालभर बैंकको २५ वटा शाखाहरु छन् । केहि समयमै काठमाण्डौँमा ३ वटा शाखा संचालनमा ल्याउने तयारीमा बैंक रहेको प्रमुख कार्यकारी अधिकृत ढकालले बताए ।

मंसिरको शुरुवातसँगै शुरु हुने छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, होटल पार्टनरमा होटल बाराहि र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् । छैठौँ विग आईकनमा सहभागिताको लागि यतिबेला एफएमले निशुल्क रुपमा आवेदन फाराम वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: