फिफाको अध्यक्षका लागि सात जनाको उम्मेदवारी

526
0
Share:

काठमाडौं, कार्तिक १२ । अन्तराष्ट्रिय फुटबल महासंघ फिफाको अध्यक्षका लागि सात जनाले उम्मेदवारी दिएका छन् । आगामी फेब्रुअरी २६ तारिखमा स्विट्जरल्याण्डको ज्युरीचमा हुने विशेष साधारणसभाले फिफा अध्यक्षको चयन गरी वर्तमान अध्यक्ष सेप ब्लाटरलाई विस्थापित गर्नेछ ।

नयाँ नेतृत्वको होडमा विश्वका विभिन्न महादेशका सात जनाले औपचारिक रुपमा उम्मेदवारी दर्ता गराएको विश्व फुटबल महासंघ फिफाले जनाएको छ ।
नयाँ अध्यक्षका लागि युरोपियन फुटबल महासंघ युएफाका अध्यक्ष मिचेल प्लाटिनी र महासचिव जियानी ईन्फान्टीनो तथा फ्रान्सका जेरोमी स्याम्पेनले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी एशियाली फुटबल महासंघ ए.एफ.सी का अध्यक्ष शेख सलमान बिन ईब्राहिम अल खालिफा, फिफाकै पुर्व उपाध्यक्ष एवं जोर्डनका राजमुकार अली बिन अल हुसैन, दक्षिण अफ्रिकाका पुर्वमन्त्री टोक्यो सेक्सवेल र लाईबेरीयन फुटबल संघका अध्यक्ष मुसा बिलीटीले पनि फिफा अध्यक्षको लागि औपचारिक उम्मेदवारी दिएका छन् ।
सबै उम्मेदवारले कम्तिमा ५ सदस्य राष्ट्रको लिखित समर्थन जुटाएपछि फिफाले मनोनयन सार्वजनिक गरेको हो ।

कमेन्ट गर्नुहोस्
Share: