
रञ्जन अधिकारी पोखरा, १३ कात्तिक। नेपाललाई आत्मनिर्भर बनाउन सके कसैले हेप्न नसक्ने पोखरामा शुक्रबार आयोजित कार्यक्रमका वत्ताहरुले औल्याएका छन्। नागरिक समाज पोखरा र स्वंयसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालले संयुक्त रुपमा आयोजना गरेको मानवअधिकारको विश्वव्यापी घोषणा पत्र र भारतीय नाकाबन्दी विषयक परिचर्चा कार्यक्रममा बोल्ने विभिन्न क्षेत्रका वत्ताहरुले त्यस्तो औल्याएका हुन्। कार्यक्रममा बोल्ने अधिवत्ता, अधिकारकर्मी, पत्रकार लगायतले भारतले विगतका गरेका नाकाबन्दीबाट पाठ सिक्दै मुलुकलाई आत्मनिर्भर बनाउन प्रयास नगरिनु ठूलो भुल भएको उल्लेख गरे। भारतले यसपटक गरेको नाकाबन्दी पहिलो पटक होइन। यसअघि ०२७ र ०४५ मा पनि भारतले नेपालमाथि नाकाबन्दि गरेको थियो।
वत्ताहरुले छिमेकी भारत र चीनलाई सन्तुलनमा राख्दै आत्मनिर्भर बन्न प्रयास गर्नुपर्ने बताएका थिए। नेपालका लागि भारत र चीन हैन, भारत र चीनका लागि नेपाल अपरिहार्य मुलुकका रुपमा स्थापित हुन प्रयास गर्नुपर्नेमा जोड दिइएको थियो। उनीहरुले नेपाल परनिर्भर भई भारतप्रति नै मुख्य रुपमा आश्रित बन्दा समस्या भएको बताए। वत्ताहरुले भारतले नेपालमाथि गरेको नाकाबन्दीको विषयलाई अन्र्तराष्ट्रियकरण गरी विश्व जनमत सृजना समेत गर्न सक्नुपर्नेमा जोड दिए। उनीहरुले मुुलुकलाई बलियो बनाउन राजनैतिक दलहरुले राष्ट्रिय राजनीति र विदेश नीतिलाई एउटै बनाउन जरुरी भएको समेत औल्याए।
कार्यक्रममा बोल्दै अधिवत्ता तिलक पराजुलीले भारतले संविधानका कारण नभई जलस्रोत, लिपुलेक, सुपुदर्गी सन्धी, अङगिकृत नागरिकता लिएका भारतियलाई दुई नम्बर प्रदेशको मुख्यमन्त्री बनाई आफ्ना स्वार्थ पुरा गर्नका लागि नाकाबन्दी गरेको बताए। राजनीतिक दलहरु मिलेर संविधान जारी गरेपछि मर्माहत बनेका भारतीय शासकले नाकाबन्दीको रुपमा नेपालमा नाङगो हस्तक्षेप गरेको उनको भनाई थियो। उनले भारतले सदैव राजा, माओवादी र दललाई समानान्तरमा राखेर खेलाउँदै आफ्नो स्वार्थ पुरागर्दै आएको उल्लेख गरे।
अर्का अधिवत्ता सुरेन्द्र थापा मगरले भारतले मधेश र तराईका जनताको हितका लागि नभई आफ्नो स्वार्थका लागि नाकाबन्दी गरेको बताए। उनले वर्तमान असहज विषयमा सरकारले जनतासँगै मधेश÷तराईका सवाललाई पनि सम्वोधन गर्न जरुरी भएको बताए।
प्राध्यापक डा भवानी पाण्डेले देश, नेता र तराई आ–आफ्नै ढङगले अघि बढ्दा समस्या बढ्दै जाने बताए। उनले सरकारको चाकडी गरी भारतिय र तराईलाई गालि गरेर नहुनेभन्दै राष्ट्रिय संकटको उचित निकास खोज्नु पर्ने बताए।
राष्ट्रिय मानव अधिकार सङ्गठनका केन्द्रीय सदस्य नरेन्द्र बास्तोलाले सरकार मौन बसेर वर्तमान सम्वेदनशीलतालाई नबुझे झै गर्नु निन्दनिय भएको बताए। कार्यक्रममा महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष सरीता थापा, राष्ट्रिय मानवअधिकार आयोग पश्चिमाञ्चलका निर्देशक सम्झना शर्मा, पोखरा उपमहानगरपालिका महिला समन्वय समितिकी अध्यक्ष पवित्रा गुरुङ, समाजसेवी लक्की कार्की, संचारिक पश्चिमाञ्चल समुहकी अध्यक्ष जमुना बर्षा, आदर्श समाज दैनिकका प्रमुख समाचारदाता नवीन सिग्देल र विद्यार्थी नेता सरोज के.सीले बोलेका थिए।
स्वंयसेवी मानवअधिकार रक्षक सञ्जाल नेपालकी अध्यक्ष तारामाया थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले स्वागत र सञ्जालका प्रवत्ता धिरज थापाले कार्यक्रम संचालन गरेका थिए।
