एपिएफलाई पराजित गर्दै सरस्वती फुटबल क्लव सेमिफाइनलमा

292
0
Share:

झापा, कार्तिक १५ । सरस्वती फुटबल क्लव, काठमाडौं झापामा जारी सुरुङ्गा गोल्डकप प्रतियोगिताको सेमिफाईनलमा प्रबेश गरेको छ । आजको खेलमा सरस्वती फुटबल, काठमाडौंले एपीएफ काठमाडौंलाई २–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा आफ्नो स्थान तय गरेको छ ।

खेलको ३३ औं मिनेटमा एपिएफका श्याम नेपालीले गोल गर्दै अग्रता लिए पनि ४० औं मिनेटमा सरस्वती फुटबल क्लबका अफ्रिकन खेलाडी इल्भिस पियर्सले गोल गर्दै बराबरी बनाएका थिए ।

प्रतिश्पर्धात्मक खेलको दोस्रो हाफको ३२ औं मिनेटमा सरस्वती फुटबल क्लबका दिपेश श्रेष्ठले गोल गर्दै सेमिफाइनल यात्रा पक्का गराएका हुन् ।

प्रतियोगितामा सरस्वती फुटबल क्लबका अफ्रिकन खेलाडी पियर्स म्यान अफ दि म्याच घोषित भए ।
प्रतियोगिताअन्तर्गत सोमबार चर्च ब्वाइज युनाइटेड काठमाडौं र भुटान क्लियरिङ्ग फुटबल क्लब भुटान बीच प्रतिश्पर्धा हुने आयोजक सुरुङ्गा जेसिजले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
Share: