
रेम बिक
पोखरा, १७ कात्तिक | गायन रियालिटि शो विग आईकनको छैठौँ सँस्करणको मिडिया पार्टनरको रुपमा लोकप्रिय पत्रिका ‘कान्तिपुर साप्ताहिक’ फाईनल भएको छ । मंगलबार विग एफएमका अध्यक्ष महेश भण्डारी र कान्तिपुर साप्ताहिकका ब्राण्ड एण्ड प्रोडक्ट डेभलपमेन्ट हेड सन्देश कटवालबीच विग आईकनको मिडिया पार्टनर ‘कान्तिपुर साप्ताहिक’ हुने विषयमा सहमती भएको हो ।
सहमतीपत्रमा हस्ताक्षर भैसकेपछि विग एफएमका अध्यक्ष भण्डारीले युवाहरुमाझ लोकप्रिय रहेको ‘कान्तिपुर साप्ताहिक’लाई विग एफएमको ग्राण्ड ईभेन्टको मिडिया पार्टनर बनाउन पाउँदा निकै खुशि लागेको प्रतिक्रिया दिए । ‘युवाहरुमाझ लोकप्रिय पत्रिका साप्ताहिक र लोकप्रिय रियालिटि शो बिग आईकनबीच भएको यो सहमती साच्चै नै दुवै पक्षको लागि उत्कृष्ट सहकार्य हो ।’ भण्डारीले भने–‘यसले दुई मिडियाबीचको सम्बन्धलाई अझै बढि मजबुत बनाउने काम गरेको छ ।’
त्यस्तै ‘साप्ताहिक’का ब्राण्ड एण्ड प्रोडक्ट डेभलपमेन्ट हेड कटवालले पनि विग एफएमको ग्राण्ड ईभेन्टसँग मिडिया पार्टनरको रुपमा सहकार्य गर्नु निकै उत्तम कुरा भएको बताए । ‘मनोरञ्जन, ईभेन्ट र फिल्मसँगै युवाहरुसँग जोडिएका विषयलाई समाचार बनाउँदै आएको पत्रिका साप्ताहिकको विग आईकनसँगको सहकार्य हामी आफैको लागि पनि लाभदायक हुने मानेका छौँ ।’ उनले भने–‘र, यस्तै सहकार्य सँधै होस् भन्ने हाम्रो चाहना हो ।’
यस अगाडिका सँस्करणका विग आईकनको विषयमा कान्तिपुर साप्ताहिकले वर्षेनी समाचार सम्प्रेषणको हिसाबले उत्कृष्ट रुपमा सहयोग गर्दै आएको छ ।
मंसिरको शुरुवातसँगै शुरु हुने छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, होटल पार्टनरमा होटल बाराहि, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् । छैठौँ विग आईकनमा सहभागिताको लागि यतिबेला एफएमले निशुल्क रुपमा आवेदन फाराम वितरण गरिरहेको छ ।
