भारतीय अखबारको सम्पादकीय : नेपालका प्रधानमन्त्रीले किन थर्काए ?

308
0
Share:

१८ कात्तिक, काठमाडौं । भारतबाट प्रकाशित हुने नवभारत टाइम्सले नेपालको विषयमा सम्पादकीय लेख्दै नरेन्द्र मोदीको नेपाल-नीतिप्रति कडा प्रश्न उठाएको छ ।
नेपालका प्रधानमन्त्रीले आफ्नो आन्तरिक मामलामा दख्खल नगर्न चेतावनी दिएको उल्लेख गर्दै सम्पादकीयमा लेखिएको छ, ‘भारतका लागि यस्तो भाषाको प्रयोग गर्ने हिम्मत आजसम्म कुनै नेपाली प्रधानमन्त्रीले गरेका थिएनन् ।’

प्रस्तुत छ उक्त सम्पादकीयको नेपाली अनुवादः

आफ्नो प्यारो छिमेकी नेपालसित हाम्रो सम्वन्ध कहिल्यै यति खराब हुनेछ भन्ने कल्पना दुवै देशका जनताले सायदै गरेका थिए होला । सोमबार नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले एक किसिमले चेतावनी नै दिए कि नेपालको आन्तरिक मामलामा भारतले दख्खल नगरोस । उनले नेपालको तराई क्षेत्रमा भारतले हिंसा भड्काएको आरोप समेत लगाए । भारतका लागि यस्तो भाषाको प्रयोग गर्ने हिम्मत आजसम्म कुनै नेपाली प्रधानमन्त्रीले गरेका थिएनन् । यति मात्र होइन, नेपालले पहिलोपटक चीनबाट तेल ल्याउन सुरु पनि गर्‍यो । जबकि अहिलेसम्म भारतबाट मात्रै त्यहाँ तेल जान्थ्यो ।

लाग्छ भारतलाई आफ्नो सबैभन्दा नजिकको देश सम्झिने नेपालभित्र यसलाई लिएर भयंकर असझदारी उत्पन्नभएको छ । यस्तो किन भयो, यो हाम्रो विदेश नीतिका लागि ठूलो सवाल हुनुपर्छ । कतै हामी नेपाललाई लिएर कुनै अतिरञ्जनाको शिकार त भइरहेका छैनौं ?

नेपालको नयाँ संविधानलाई लिएर भारतीय मूलका मधेसी समुदाय पछिल्लो डेढ महिनादेखि आन्दोलनमा उत्रिरहेका छन् । गत सोमबार आन्दोलनकारी प्रहरीको झडपमा एक भारतीयको मृत्यूसमेत भयो । त्यसकै केहि घन्टामा नेपाली प्रधानमन्त्रीले भारतविरोधी टिप्पणी गरे ।

दुई देशका प्रधानमन्त्रीबीच कुराकानी भएपछि स्थिति सुधि्रयो कि बिगि्रयो भन्ने प्रष्ट भएको छैन । अघिल्लो वर्ष नरेन्द्र मोदी नेपालको भ्रमणमा जाँदा दुई देशबीच सम्वन्धको नयाँ सिलसिला सुरु हुन लागेको आभास मिलेको थियो । नेपालमा विनाशकारी भूकम्प आउदा भारतले जिम्मेवार छिमेकी भएर राहत कार्य सुरु गर्‍यो । तर भारतीय मिडियाले उक्त राहतलाई जसरी कभरेज गरे, त्यो नेपालीहरुलाई मन परेन । देश-विदेशमा बसेका नेपालीहरुमा भारतीय मिडियाको यस्तो हर्कतप्रति कडा प्रतिक्रिया उब्जियो ।

त्यसपछि संविधानको विषय आयो । मधेसीसित जोडिएका विषयमा भारले आफ्ना अडान व्यक्त गर्‍यो । यसको आसय आफ्नो मित्र र छिमेकीलाई सुझाव दिनु थियो, तर नेपालले यसलाई आफ्नो आन्तरिक मामलामा हस्तक्षेपका रुपमा लियो । अहिले नेपालमा आमधारणा बनिरहेको छ कि, भारत सरकार पेट्रोलियम पदार्थ तथा अत्यावश्यक वस्तुहरुको आपूर्तिमा रोक लगाएर नेपाललाई घुँडा टेकाउन चाहन्छ । संभव छ, विहार विधानसभा चुनावलाई मध्यनजर गरेर केन्द्र सरकार मधेसीसित अत्यन्त नजिक देखिन चाहन्छ । सबैलाई थाहा छ कि मधेसी र बिहारीका बीच रोटी-बेटीको सम्वन्ध छ । तर, हामीले आफ्नो विदेश नीतिमा राजनीतिको तत्कालीन असर पर्न दिनुहुँदैन । नेपालसित हाम्रो सम्वन्ध अमूल्य छ । कुनै पनि मूल्यमा हामीले यसलाई जोगाएर राख्नुपर्छ ।

कमेन्ट गर्नुहोस्
Share: