
कार्तिक १८ / युवा तथा खेलकुद मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्माको नम्बर कति हो ? मन्त्रालयको वेभ साइटमा उनको पद, नाम र तस्वीर मुनि दिइएको छ, १२३४५४६८९९ । यो मोबाइल नम्बर हो कि फोन नम्बर ? यो कार्यालयको हो कि उनको निजी ?
डायल गरि हेर्नुस्, टेलिकमले भन्छ, ‘तपाईँले डायल गरेको नम्बर मिलेन ।’
अर्थात, यो नम्बरै छैन । हुँदै नभएको नम्बर किन राखे सचिवले ? सचिवज्यू, यो नम्बरबाट कसैलाई फोन गरेर देखाउन सक्नु हुन्छ ? यो ठट्टा हो कि प्राविधिक त्रुटी ? यसबारे कसैले केही बोलेको, सच्याएको र टिप्पणी गरेको पनि छैन । कैयौं दिनदेखि मन्त्रालयको वेभसाइटमा गलत सूचना यसै गरी राखिइरहेको छ(हेर्नुस् तस्वीरमा) । के यो सच्याउनु पर्दैन ?
ekantipur.com
कमेन्ट गर्नुहोस्
