
पोखरा, कात्तिक १९ । तिहारको अवसर पारेर पश्चिमाञ्चलकै नम्बर वान एफएम विग एफएमले बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’मा यस बर्ष पोखराको फेवा मिनि मार्केटले सहकार्य गर्ने भएको छ । बिग एफएमका मार्केटिङ म्यानेजर कमल बराल र फेवा मिनि मार्केटका अध्यक्ष कृष्ण गिरी एवं सदस्य सन्तोष आचार्य बिच बुधबार सहमती भएको हो ।
पोखरा मिनि मार्केटले बिग एफएमको माध्यमबाट स्रोताहरुसंग तिहारको मज्जाको खेल खेल्नका लागि आफुहरुले रेडियो गेम शोमा प्रायोजन गरेको मार्केटका अध्यक्ष कृष्ण गिरीले बताए । साथै बिग एफएमका हरेक कार्यक्रमहरुमा सहयोग गर्ने उनको भनाई थियो ।
तिहारलाई स्रोताहरुसंगै मनाउने र स्रोताहरुलाई मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्न लागेको हो । रेडियो गेम शो कात्तिक २४ गते कुकुर तिहारदेखि २६ गते गोबद्र्धन पुजासम्म साँझ ७ बजेदेखी ९ बजेसम्म चल्नेछ ।
एफएमले दिएको जानकारी अनुसार खेल खेलेर स्रोताहरुले २० हजार रुपैँयासम्म जित्न सक्नेछन् । ‘तिहारमा जुवा खेलेर पैसा र समय बर्बाद गर्ने प्रचलन छ, जहाँ धेरैजनाले हार व्यहोर्छन् ।’ एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘तर हामीले खेलाईने खेलमा स्रोताहरुलाई जित मात्रै हासिल हुनेछ, त्यसका लागि उहाँहरुले एसएमएस गरे पुग्छ ।’
एसएमएस गरि आफुलाई दर्ता गर्नका लागि स्रोताहरुले आफ्नो मोबाईलको मेसेज बक्समा गई BIG टाईप गरेर एक स्पेस दिइ FM लेखि ४३२१ मा पठाउनुपर्नेछ । एफएमले एसएमएसहरुमध्ये लक्की ड्र गरि स्रोताहरुलाई फोन गरेर ‘तिहारको खेल मज्जाको खेल’ खेलाउनेछ । १५ वटा लक्की नम्बर मध्ये स्रोताले रोजेको अन्तिम लक्की नम्बरले २० हजार रुपैँया सम्म जिताउन सक्ने एफएमले जनाएको छ ।
यसअघि विग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो । विभिन्न ईभेन्टमार्फत पश्चिमाञ्चलमै नम्बर वान बन्न सफल एफएमले वर्षेनी ‘बिग आईकन’ नामक गायन रियालिटि शो समेत गर्दै आएको छ ।
