
पोखरा,कार्तिक २०, माधब पनेरु ,
तिहारमा पटाका नपड्काउन नागरीक समाज पोखराले सबैमा अग्रह गरेको छ ।
पोखराको अमरसिंह चोकमा एक कार्यक्रमको आयोजना गरी नागरीक समाज,पोखराले पटाका पड्काउदा समाजमा ध्वनी प्रखुशषण तथा सामाजिक रुपमा पनि नराम्रो असर पर्ने भएकाले तिहार जस्ता पर्बको मौलिकतामा केन्द्रीत भएर मनाउन आग्रह गरेको हो । कार्यक्रममा नागरीक समाज पोखराको संयोजक राम बहादुर पौडेलले पटाका पड्काउद दुर्घटना हुने जोखिम पनि हुने भएकाले सबै नागरीकले सचतता पुर्बक पटाकालाई निषेध गर्न अनुरोध गरे । बाताबरणमा प्रत्यक्ष असर गर्ने र पर्याबरण खलबल्याउने यस्ता कृयाकलापलाई शुन्य बनाउन सबैको सहयोग हुनु पर्ने उनको भनाई थियो । पर्यटकिय शहर पोखराको पर्याबरण जोगाउने दायित्व सबै नागरीकको भएकोमा उनले जोड दिए ।
पोखरालाई २०६७ सालमा नै पटाका निषेधित क्षेत्र घोषणा गरिएको थियो । तत्कालिन सिडियोले पोखरामा पटाका निषेधित क्षेत्र घोषणा गरेपनि पुर्ण रुपमा कार्यन्वयन गरीएको भने छैन । बिषेशगरि तिहारको बेलामा पटाका पड्काउने गरिन्छ । तिहारको बेलामा सर्बसाधारणले पटाका पड्काउने गर्छन भने नयाँ बर्षको अबसरमा वा अन्य मेला महोत्सवको बेलामा पनि आतसबाजी गर्ने चलनको अन्त्य भएको छैन । नागरीक समाज पोखराले भने निरन्तर रुपमा यस्ता कृयाकलापको अन्त्य हुनु पर्र्ने भन्दै बिरोध गर्दे आएको छ ।
नागरीक समाजले यो बर्ष पनि पटाका निषेधका लागि तिन बटा क्षेत्रमा पोखरालाई बिभाजन गरि अभियान सञ्चालन गरेका समाजका अध्यक्ष राम बहादुर पौडेलले जानकारी दिए । अमरसिंहचोकमा भएको कार्यक्रममा वडा प्रहरी कार्यलय रामबजारका प्रहरी ईन्सपेक्टर बेद प्रसाद जोशिले पटाका निषेध गर्नुपर्छ भन्दै यो अभियानमा प्रहरीको पुरै सहयोग हुने बताए ।
