
विग न्यूज
पोखरा, १८ कात्तिक | गायन रियालिटि शो विग आईकनको छैठौँ सँस्करणको रेस्टुरेन्ट तथा भेन्यू पार्टनरमा स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बार फाईलन भएको छ । बुधबार विग एफएमका अध्यक्ष महेश भण्डारी र स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारका अध्यक्ष शालिग्राम भट्टराईबीच भेन्यू पार्टनरको लागि सहमती भएको हो ।
विग आईकनको भेन्यू पार्टनरको रुपमा स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारले यो सहित तेस्रो पटक सहकार्य गरेको हो । सहमती अनुसार ग्राण्ड फिनाले बाहेक विग आईकनको छैठौँ सँस्करणको सम्पूर्ण अडिसन राउण्ड स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारमा हुनेछ ।
‘तेस्रो पटकसम्म रेस्टुरेन्ट तथा भेन्यू पार्टनरको रुपमा सहकार्य गर्न पाउँदा हामीलाई निकै खुशि लागेको छ ।’ विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘व्यवसायिक सहकार्यको यो निरन्तरताले निकै सकारात्मक सन्देश पनि दिएको छ ।’ रेस्टुरेन्ट तथा भेन्यू पार्टनरको हिसाबले स्काई टच रेस्टुरेन्टले गरेको सहयोग निकै उत्कृष्ट भएको अध्यक्ष भण्डारीले बताए ।
त्यस्तै स्काई टच रेस्टुरेन्ट एण्ड लाउन्ज बारका अध्यक्ष शालिग्राम भट्टराईले विग एफएमको ग्राण्ड ईभेन्ट ‘विग आईकन’को प्रभावकारिता देखेर नै सहमतीमा ह्याट्रिक गरेको बताए । ‘यो सहमती हाम्रो लागि पनि उत्तिकै फाईदाजनक छ ।’ भट्टराईले भने–‘विग आईकनको भेन्यू पार्टनरको रुपमा हामी रहँदा हामीलाई पनि व्यवसायिक रुपमा यसले सकारात्मक प्रभाव पारेको छ ।’ विग आईकनसँग भेन्यू पार्टनरको रुपमा निरन्तर सहकार्य गरिरहने उनले विश्वास दिलाए ।
मंसिरको शुरुवातसँगै शुरु हुने छैठौँ सँस्करणको विग आईकनमा हालसम्म टाईटल स्पोन्सरको रुपमा सामसुङ मोबाईल, सबटाईटल स्पोन्सरमा कान्साई नेरोल्याक पेन्ट्स नेपाल, प्रोमोटेड बाई टाईटलमा द ब्रिटिश कलेज थापाथली, सपोर्टेड बाई टाईटलमा एब्स्ट्रयाक्ट एजुकेशन नेटवर्क, को–स्पोन्सरमा यूरो एशिया एजुकेशन कन्सल्टेन्सी, टेलिभिजन पार्टनरमा एभिन्यूज टेलिभिजन, होटल पार्टनरमा होटल बाराहि, बैंकिङ पार्टनरमा गरिमा विकास बैंक, मिडिया पार्टनरमा कान्तिपुर साप्ताहिक, अनलाईन पार्टनरमा जक्शन डटकम, म्यागेजिन पार्टनरमा ‘यस’ म्यागेजिन र ट्राभल पार्टनरमा जिरो प्वाईन्ट ट्राभल्स एण्ड टुर्स रहेका छन् । छैठौँ विग आईकनमा सहभागिताको लागि यतिबेला एफएमले निशुल्क रुपमा आवेदन फाराम वितरण गरिरहेको छ ।
