तिहारको खेल मज्जाको खेलमा १४ जनाले जिते नगद

Share:

विग न्यूज 

पोखरा, २८ कात्तिक | विग एफएमको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ अन्तरगत तीन दिनभित्र १४ जनाले नगद पुरस्कार जितेका छन् । विजेताहरुले रेडियो गेम शो मा सहभागी भएर १ रुपैयाँ देखि ५ हजार रुपैयाँसम्म जितेका हुन् । रेडियो गेम शो तिहारको खेल मज्जाको खेल कात्तिकको २४ गतेदेखि २६ गतेसम्म संचालन भएको थियो ।

प्रतियोगितामा सहभागी भएर सबैभन्दा बढि पाँच हजार जित्नेमा सुमन भट्टराई र नन्दबहादुर गुरुङ रहेका छन् । सुमनले दोस्रो दिन र नन्दबहादुरले तेस्रो दिन सहभागिता जनाएका थिए । त्यस्तै तेस्रो दिन रेडियो गेम शोमा सहभागिता जनाएका मिलन केसीले ३ हजार रुपैयाँ जितेका छन् । तेस्रो दिन नै सहभागिता जनाएका बबिता लामिछानेले २ हजार जितिन् ।

त्यस्तै तीन दिनसम्ममा १ हजार रुपैयाँ जित्नेहरुमा सुरज शाहि, ईश्वरी र यामप्रसाद पंगेनी रहेका छन् । खेलमा कृष्ण लामिछानेले ५ सय, विधान घिमिरेले ३ सय, सपना रानामगरले २ सय ५० रुपैयाँ जितेका थिए । सहभागी हुनेहरुले रेडियो गेम शो मा २० हजार रुपैयाँ सम्म जित्न सक्ने अवसर रहेको थियो ।

तीन दिनसम्म संचालनमा आएको गेम शो को लागि स्रोताहरुले एसएमएसमार्फत नाम दर्ता गराएका थिए । लक्की ड्र मार्फत एफएमले उनीहरुलाई गेम शो मा सहभागी बनाएको थियो । ‘सँधै झैँ यो पटक पनि गेम शो मा स्रोताहरुको सहभागिता निकै राम्रो रह्यो ।’ विग एफएमका कार्यक्रम संयोजक संजोग बस्यालले भने–‘स्रोताहरुसँगै रमाईलो गर्दै र उनीहरुलाई नगद जिताउँदै तिहार मनाउन पाउँदा हामी निकै खुशि पनि छौँ ।’ साथै रेडियो गेम शो मा व्यवसायिक सहकार्य गर्ने फेवा मिनि मार्केटलाई पनि बस्यालले धन्यवाद दिए ।

विग एफएमले हरेक चाडवाडमा विभिन्न खाले रेडियो गेम शोहरु संचालन गर्दै आएको छ । यसअघि दशैँमा पनि एफएमले ‘महा–आजिजा’ नामक रेडियो गेम शो संचालन गरेको थियो । एफएमले चाँडै नै उसको ग्राण्ड ईभेन्ट विग आईकन गर्दैछ । छैठौँ सँस्करणको विग आईकनको तयारीलाई तिव्र पारिरहेको एफएमले यतिबेला सो ईभेन्टमा सहभागिताको लागि गायन प्रतिभाहरुलाई निशुल्क फाराम वितरण गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्
Share: