शनिबार निःशुल्क मधुमेह शिविर हुदै

Share:

पोखरा, ४ मङ्सिर।  विश्व मधुमेह दिवसको अवसरमा पोखरामा भोलि शनिवार निःशुल्क मधुमेह जाँच शिविर गरिने भएको छ। लायन्स क्लव अफ पोखरा अन्नपूर्ण तथा लोडी सहयोगी कल्याण कोष कास्कीले फिष्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिको प्राविधिक सहयोगमा सो शिविर गर्न लागेको हो।

पोखरा चिप्लेढुङ्गास्थित वी.पी चोकमा आयोजना गरिने शिविरको सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक यदुनाथ अधिकारीले जानकारी दिए। शिविरमा एक हजारभन्दा बढि मधुमेह रोगीलाई सेवा प्रदान गर्ने लक्ष्य लिइएको छ। शिविरमा विरामीको मृगौला परिक्षण, लिपिक प्रोफाइल, ब्लड सुगर र इसिजि टेष्ट गरिने बताइएको छ।

विरामीलाई विभिन्न टेष्टहरुगर्दा झण्डै दुई हजार पाँच सय रुपैया खर्च लाग्ने भएपनि शिविरमा भने निःशुल्क प्रदान गरिने छ। शिविरबाट लाभ लिनका लागि विरामी खाली पेटमा उपस्थित हुने आवश्यक छ।

मधुमेह कुनै नयाँ रोग नभएपनि पछिल्लो समय मधुमेहका रोगीहरुको संख्या बढ्दै गइरहेको छ। विश्व स्वास्थ्य सङ्गठनको तथ्थांक अनुसार, विश्वमा १२ करोड मानिस यो रोगबाट प्रभावित छन्।बढि तिर्खा लाग्नु, छिनछिनमा पिसाव आउँनु, अचानक शरिरको तौल घट्नु, कमजोरी महसुस हुनु मधुमेहको लक्षण हो।खाएको खानाबाट प्राप्त हुने ग्लुकोज(चिनी)लाई शरिरले सही तरिकाबाट शक्तिको रुपमा रुपान्तरण गर्न नसक्नु नै मधुमेह हो।

कमेन्ट गर्नुहोस्
Share: