
बिग न्युज, मंसीर ११ । चलचित्र ‘कबड्डी कबड्डी’को बिहीबार पोखरामा प्रिमियर गरिएको छ । चलचित्रकी नायीका रिश्मा गुरुङ र सौगात मल्ल सहित पोखराका फिल्मकर्मी र पत्रकारहरुको उपस्थितीमा प्रिमियर गरिएको थियो । पोखरा बाहेक काठमाडौंमा पनि बिहीबार नै चलचित्रको प्रिमियर शो देखाइएको छ ।
रामबाबु गुरुङ निर्देशित चलचित्रलाई निकै आशलाग्दो चलचित्रका रुपमा हेरिएको छ। ‘कबड्डी’ को सिक्वेलका रुपमा दर्शक माझ आएको यस चलचित्रले बिशेषत त्रिकोणात्मक प्रेमलाई आफ्नो कथाबस्तु बनाएको छ । रिश्मा गुरुङ, सौगात मल्ल र दयाहाङ राइको लिड रोल रहेको यस फिल्मलाई दर्शकको राम्रो साथ मिल्ने चलचित्र युनिटको दाबि छ ।
पोखरा सिनेप्लेक्समा आयोजीत प्रिमियरमा उपस्थित दर्शकहरुले चलचित्र निकै राम्रो र मनोरञ्जनपुर्ण भएको बताएका छन् । ‘कबड्डी कबड्डी’ आज शुक्रबार देशभर प्रदर्शनमा आएको छ ।
