लेकसाइडमा एकाबिहानै भारतीय नं प्लेटको गाडीमा आगजनी

Share:

माधब भुसाल पोखरा, मंसीर १४ । पाखराको लेकसाइडमा अज्ञात समुहले भारतीय नं प्लेटको गाडीमा आगजनी गरेका छन् । गुजरातबाट पोखरा आएका भारतीय यात्रुहरु सवार युपी ५१ पी ८३११ नं को बसमा आज बिहान आगजनी भएको हो ।

लेकसाइडको डिहिकोपाटनमा बस जलेर नष्ट भएको र जलाउने समुहको पहिचान भइनसकेकोले अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
Share: