
काठमाडौं, मंसिर १४ / आज बिहानै काठमाडौंमा भूकम्पको पराकम्पन महशुस गरिएको छ । बिहान ६ बजेर १० मिनेट जाँदा ४ दशमलव १ म्याग्नेच्यूडको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज परिसरलाई केन्द्र बनाएर पराकम्प गएको केन्द्रले जनाएको छ । गत वैशाख १२ गते गएको भूकम्पका पराकम्पन अझै गइरहेको हो ।
यसअघि शुक्रबारमात्रै पनि काभ्रेलाई केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्नेच्यूडको पराकम्पन गएको थियो । वैशाख १२ गतेपछि अहिलेसम्म ४ रेक्टर स्केलभन्दा माथिका चारसय १४ वटा पराकम्पन गइसकेको मापन केन्द्रले जनाएको छ ।
कमेन्ट गर्नुहोस्
